चुत्रावेसीमा पहिलो पटक २ मिनेटमा ६ वटा कुखुरा क्लिन गर्ने मेसिन

सागर महत  
 चुत्रावेशी, अर्घाखाँची फागुन २७ (अर्घाखाँचीडट्कम)   । अर्घाखाँची जिल्लाको  सदमुकाम सन्धिखर्क चुत्रावेसीमा भुसाल मासु सप्लायर्सले पहिलो पटक अत्याधुनीक मेसिनद्दारा कुखुराको क्लिन (सफा) मेसिन संचालनमा आएको छ ।
भूमिकास्थान नगरपालिका वार्ड नं. १० का मदन भुसालले सन्धिखर्क नगरपालिका वार्ड नं २ शान्तिनगर चुत्रावेसीमा जिल्लामै पहिलो पटक अत्याधुनीक मेसिनद्दारा कुखुराको क्लिन गरिने मेसिन संचालनमा ल्याएका हुन् । 
३ बर्ष देखि सदमुकाम सन्धिखर्कको चुत्रावेसीमा भुसाल मासु सप्लायर्सले मासु सप्लायर्स गर्दै आएको छ ।   साथै करिब ५ लाख लगानीमा संचालनमा आएको मेशिनले २ मिनेटमा ६ वटा कुखुरा क्लिन गर्ने भुसालले अर्घाखाँचीडट्कमलाई  जानकारी दिए ।

अन्य समाचारहरु