भूकम्पबाट क्षतिग्रस्त ६ ओटा सम्पदा बस्ती अध्ययनका लागि कुल एक करोड २० लाख र पुनःनिर्माणका लागि कुल ३० करोड रुपैयाँ विनियोजन भएको छ ।
काठमाडौं उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी ६ ओटा सम्पदा बस्ती अध्ययनका लागि प्रत्येक बस्तीका लागि २० लाखका दरले तथा पुनःनिर्माणका लागि यस आर्थिक वर्षभित्र प्रत्येक बस्तीका लागि ५ करोड रुपैयाँ बजेट निकासा गरिएको हो ।
काठमाडौं उपत्यकाभित्रका खोकना, बुङ्मती र साँखुका परम्परागत सम्पदा बस्तीका स्मारक, पाटी, धारा तथा अन्य संरचना पुनःनिर्माणका लागि बजेट विनियोजन भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का आयोजना निर्देशक नवराज प्याकुरेलले जानकारी दिए ।
उपत्यकाबाहिर नुवाकोटको साततले दरबार स्क्वायर परिसर, गोरखाको गोरखा दरबार स्क्वायर तथा दोलखाको दोलखाबजारपनि यस कार्यक्रममा समेटिएको जनाइएको छ । इमेजखबरमा समाचार छ ।