सन्धिखर्कमा नृत्य एकेडेमी खोलेर व्यवसाय गर्दै आएका युवाको भारतमा सडक दुर्घटनामा परी मृत्‍यु

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नृत्य एकेडेमी खोलेर व्यवसाय गर्दै आएका युवाको भारतको लखनउमा मोटरसाइकल दुर्घटनामा परी मृत्‍यु भएको छ । 
नेपालगंजका बाबु राम गिरी र आमा कमला गिरिका २३ बर्षिय छोरा प्रिन्स गिरीको सडक दुर्घटनामा परि लखनउमा मृत्यु भएको छ । गिरी आफ्ना लखनउमा बस्ने बाबु, आमालाई भेटन गएको तथा सोमबार साँझ ९ बजे स्थानिय बजारबाट फर्कने क्रममा विपरित दिशाबाट आएको ट्रकले ठ्क्कर दिदा उक्त घट्ना भएको थियो ।
ट्रकको ठ्क्करपछि अस्पताल पुराईएको थियो । तर उनको आज मंगलबार विहान अस्पतालले मृत घोषणा गरेको थियो । 
गिरीले सन्धिखर्कमा प्रिन्स डान्स एकेडेमी खोलेर व्यवसाय गर्दै आएका थिए । उनी नृत्यमा अर्घाखाँचीमा चर्चित थिए ।   
साथै गिरीको अन्तिम दाहसंस्कार लखनउमै गरिएको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताएको छ ।  

अन्य समाचारहरु