कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सन्धिखर्कमा, भ्रष्टाचारले राष्ट्रियता खतरामा पार्ने भनाई (तस्बिर सहित)
फाल्गुन २९ गते, २०७५ मा प्रकाशित
प्रकासित मिती: २०७५ फागुन २९ बुधवार
सुरज घिमिरे
सन्धिखर्क, अर्घाखाँची फागुन २८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारले राष्ट्रियता खतरामा पार्ने बताउनु भएको छ ।
नेपाल प्रेस युनियन अर्घाखाँचीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले भ्रष्टाचारको जगमा देशमा विकास र समृद्धि हुन नसक्ने वताउनु भयो । नेता पौडेलले सरकार शान्ति विकास र शुसाशन दिन पूर्ण रुपमा असफल भएको बताउनु भयो । उहाँले सरकारले एक वर्षको सहज र सौहाद्रपूर्ण वातारणमा पनि केहि गर्न नसकेको आरोप लगाउनु भयो ।
उहाँले सिके राउतसंग सरकारले गरेको सम्झौतामा जनमत संग्रहको कुरा गरेर राष्ट्रियताको बारेमा सरकार नै गम्भिर नभएको आरोप समेत लगाउनु भयो ।
‘सरकार कति धेरै अपरिपक्व रहेछ भन्ने कुरा यहि सहमतिबाट प्रष्ट भएको छ ’उहाँले भन्नु भयो । सरकारले गम्भीरतापुर्वक डिल गरेन, सम्झौता पत्रमा लेखिएका भाषाहरु राष्ट्रको हितमा छैनन, यसले सरकारको गरिमा निकै कमजोर भयो ।
पौडेलले केपी ओली प्रधानमन्त्री भएर पनि उखान टुक्कामा मात्र सिमित भएको वताउनु भयो । उहाँले अख्तियारलाई समेत चुनौती दिने गरी आएको प्रधानमन्त्रीको अभिव्यक्ती ढाक छोप गर्ने प्रपन्च भएको आरोप लगाउनु भयो । उहाँले छानविन आयोग भन्दा पनि ढाकछोप आयोग बनाएर पर्दा हाल्ने कामा मात्रै गरको बताउनु भयो ।
नेता पौडेलले राजनीतिक अस्थिरताका बीचमा पनि कांग्रेसले विगतमा विकासको आधार शिला खडा गरेका वताउनु भयो । उहाँले देशमा भष्ट्राचार मैलाउदै गएको भन्दै सुनकाण्ड, वाइटवडी खरिद प्रकरणदेखि लिएर चिनी काण्ड सम्म सरकार असफल भएको अरोप लगाउनु भयो ।
पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य पुष्पा भुसाल, मानवहादुर विक लगायतका नेताहरु साथै मिडियाकर्मिहरुको सहभागीता रहेको थियो । पत्रकार सम्मेलन जिल्ला अध्यक्ष विरेन्द्र केसीको अध्यक्षता, उपाध्यक्ष सरिता भुसालको स्वागत र सदस्य विक्रम पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।