अर्घाखाँचीडट्कम संवाददाता
केरुङ्गा, अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे छत्रदेव गाउँपालिकाको केरुङ्गामा तत्कालिन एमालेबाट निर्वाचित १ नम्बरका वार्ड सदस्य सहित नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि सयौंकाे संख्यामा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
छत्रदेव गाउँपालिका वार्ड नम्बर १ का सदस्य जलिल मिया सहित नेपाल कम्युनिस्ट पार्टीका ११७ कार्यकर्ताहरु पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरूलाई वरिष्ठ नेता रामचन्द्र पाैडेल, युवा नेता गगन थापा, पुष्पा भुसाल, केन्द्रीय सदस्य मानबहादुर विक, दिपक गिरी, जिल्ला पार्टी सभापति विष्णु मुस्कान, छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पाेख्रेलले संयुक्त रुपमा माला र अविर लगाई पार्टी साधारण सदस्यता वितरण गरि प्रवेश गराएका थिए ।
नवप्रवेशीहरूले पछील्लो समय नेपाल कम्युनिस्ट पार्टीको सरकारको कार्यबाट असन्टुष्टी भएर नेपाली कांग्रेसमा प्रवेश गरेको बताए ।