रुद्रमणि भुसाल
ठाडा, ३० फाल्गुन । अर्घाखाँचीको शितगंगामा नगरपालिका ठाडामा रहेको एक मात्र ज्योति भविश्वर बहुमुखी क्याम्पस सञ्चालनको लागी सुरु भएको शैक्षिक तथा पर्यटन प्रबर्द्धन एव धार्मिक महोत्सव महायज्ञको आज ७ औं दिन सम्म्म ५० लाख नगद आर्थिक रकम संकलन भएको छ ।
फाल्गुन २४ गते देखी सञ्चालन भएकोे महायज्ञमा सितगंगा नगरपालिकाका प्रमुख सुर्य प्रसाद अधिकारीको परिवारबाट २ लाख, समाज सेबी बिष्णु अर्यालबाट १ लाख ५२ हजार, नेपाल शिक्षक संघ सितगंगाका अध्यक्ष राजेन्द्र केसीबाट १ लाख २५ हजार, एल जि फ्रेश हाउसका संचालक दिल बहादु गुरुङ्गबाट १ लाख ११ हजार, नेकपाका नेता बसन्त श्रेष्ठ बाट १ लाख ८ हजार र अन्य चन्दादाता गरि आजसम्म ५० लाख आर्थिक रकम संकलन भएको मूल आयोजक समितीका सदस्य माधब बेल्बासेले बताउनु भयो ।
महायज्ञबाट उठेको रकमले क्याम्पसको स्तरोन्नती, स्नाकोत्तर कक्षा सञ्चालन, ई–लाईब्रेरीको व्यवस्था, भौतिक संरचनाको निर्माण गर्नुका साथै शितगंगा नगरपालिका भित्र रहेको पर्यटकीय स्थलहरुको पहिचान गर्न, संरक्षण र प्रचार गर्न टेवा पुग्ने लक्ष्य रहेको नगरप्रमुख सूर्यप्रसाद अधिकारीले बताउनुभयो ।
भौगोलिक हिसाबले नेपालको ठुलो नगरपालिका रहेको शितगंगाको एक मात्र क्याम्पस भएकोले, यसको स्तर वृद्धि नहुदाँ जुकेना, जलुके, सिद्धारा, सिमलपानी, ठाडा, सितापुरका बिद्यार्थीहरु उच्च शिक्षाका लागी बुटवल, कपिलवस्तु, काठमांडौ गएर अध्ययन गर्न बाध्य छन । महायज्ञ भोली समापन हुनेछ ।