प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा श्री जनज्योती माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई लागू औषध दुर्व्यसनी विरुद्ध प्रशिक्षण दिइएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा चुत्राबेसी स्थित श्री जनज्योती माध्यामिक विद्यालयका १० कक्षामा अध्यनरत ४४ विद्यार्थीहरुलाई लागुऔषध दुव्र्यसन, साइबर अपराध, मानव बेचबिखन, मदिरा सेवन र सवारी दुर्घटनासम्बन्धी चेतनामूलक प्रशिक्षण दिइएको हो ।
प्रहरी निरीक्षक सुरेश सुवेदीले लागु औषध दुब्र्यसनीका कारण, यसको असर, कानुनी कारबाही सम्बन्धि नितीगत ब्यवस्था लगायतका विषयमा जानकारी दिनुका साथै सन्देशमुलक चित्र प्रर्दशनी गरिएको थियो । सो कार्यक्रममा प्रहरी निरीक्षकले प्रमुख सामाजिक समस्याको रुपमा देखिएको लागू औषध दुब्र्यसनीबाट टाढै रहन विद्यार्थीहरुलाई आग्रह गर्नुभएको थियो ।
प्रहरीले गाउँ-गाउँमा गाँजा फडानी, जुवातास नियन्त्रण, खोलाबाट बालुवा निकासी, खोलामा माछा मार्न करेन्ट लगाउने, ट्राफिक नियमको उल्लंघन गर्ने, अबैध रुपमा आयात निर्यात गरीएका सामग्रीहरु नियन्त्रणमा जिल्ला प्रहरी कार्यालयले कारबाही गर्दै आएको छ ।
जिल्लामा पछिल्लो समय लागुऔषध सेवन गर्नेको सङ्ख्या बढिरहेको पाइएकाले यस्तो अभियान शुरु गरेका प्रहरीले बताएको छ ।