सन्धिखर्कमा सहकारी व्यबस्थापन तालिम सम्पन्न

प्रकासित मिती: २०७५ चैत्र २  शनिबार

अनिल नेपाली
अर्घाखाँची २ चैत । सन्धिखर्क नगरपालिकामा सहकारी व्यबस्थापन तालिम एक कार्यक्रमका बीचमा सम्पन्न भएको छ । तालिम नगर प्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
तालिमको उद्घाटन गदै नगर प्रमुख भुसालले कृर्षि सहकारी हरुलाई गाउँटोल बस्ति हरुमा बिस्तार गर्नुपर्नेमा जोड दिदै तालिममा सिकेका कुरा हरु व्यबहारमा उतारि आत्म निर्भर बन्न तालिममा सहभागी हरु लाई आग्रह गदै सहकारी मानिसको जीवनको आधारशिला भएको बताउँदै सहकारी लाई व्यबस्थित बनाउनुपर्नेमा जोड दिदै सदरमुकाममा रहेका सहकारी व्यबस्थित भएतापनि गाँउका सहरकारी व्यबस्थित हुन नसकेको बताउदै गाँउका सहकारीलाई पनि व्यबस्थित गर्नुपर्नेमा समेत जोड दिनुभएको थियो   ।
कार्यक्रममा मन्तब्य राख्दै उपप्रमुख ठाकुर कुमार बिक किशोरले सहकारी जीवनको महत्वपूर्ण आधारशिला भएको बताउदै सहकारीलाई ब्यबस्थित गरेर अगाडि बढेमा नगरको बिकासले फड्को मार्ने बताउदै समृद्धि र विकासको आधारशिला सहकारी भएको दाबी गदै सहकारी लाई व्यबस्थित रुपमा सञ्चालन गर्न सकेमा मानिसको जीवनस्तरमा समेत बृद्धि हुने बताउँदै गाँउका सहकारी लाई शहरका सहकारीलाई एकैसाथ विकास गनुपर्नेमा जोड दिनुभएको थियो  ।
कार्यक्रम प्रमुख प्रसासकिय अधिकृत निरज पौडेल अध्यक्षता योजना अधिकृत गोबिन्द केसि सञ्चालन सहकारी संयोजक विनोद कुँवरको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा बेल कुमारि परियार पुस्पा भुसाल वार्ड अध्यक्ष हरु सहकारी का सदस्य हरु को उल्लेखनीय सहभागिता रहेको थियो तालिम दुई दिनसम्म चल्ने तालिम ५ न प्रदेशका सहकारीका प्रशिक्षालय नेपालका प्रमुख श्रीकृष्ण नेपालले प्रशिक्षण दिने आयोेजकले जनाएको छ । 

अन्य समाचारहरु