सन्धिखर्कमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघ अर्घाखाँचीको विशेष बैठक सम्पन्न

प्रकासित मिती: २०७५ चैत्र २  शनिबार
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क ।  नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघ, जिल्ला शाखा अर्घाखाँचीको विशेष बैठक शनिबार सन्धिखर्कमा सम्पन्न भएको छ । 
बैठकमा आगामी शैक्षिक सत्र २०७६को लागि अर्घाखाँचीका सम्पूर्ण सरकारी तथा सामुदायिक विद्यालयहरुका सम्पूर्ण पाठ्यपुस्तकहरु संघ द्वारा संचालीत सन्धिखर्कको डिपोमा भित्रिईसकेको र पाठ्यपुस्तकहरुलाई व्यवस्थित र प्रभावकारी ढंङ्गवाट कसरी वितरण गर्ने भन्ने विषयमा केन्द्रित रहेर छलफल भएको थियो । 
बैठकले सम्पूर्ण व्यवसायीहरुले आ–आफ्नो पायक पर्ने र सम्पर्कमा रहेका विद्यालयहरुलाई पाठ्यपुस्तक वितरण कार्य सचारु भएको जानाकारी गराउने र यहि चैत्र १० गते भित्र सम्पूर्ण विद्यालयले आफ्नो विद्यालयलाई आवश्यक पर्ने पाठ्यपुस्तकको सुची नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघको कार्यालयमा उपलव्ध गराउनको लागि सम्पूर्ण व्यवसायी लागीपर्ने निर्णय समेत गरेको छ ।
 त्यसै बैठकले पाठ्यपुस्तक व्यवस्थित रुपमा वितरणको लागि संघका सदस्य विनोद गैरेलाई सम्पूर्ण जिम्मा दिईएको हुँदा गैरेको मोवाईल नं. ९८५७०६१०८१ मा सम्पर्क गर्नुहुन समेत सम्पूर्णलाई अनुरोध समेत गरेको छ । 
वैठक संघका जिल्ला सचिव प्रदिप भण्डारीको संचालन र संघका जिल्ला अध्यक्ष नेत्र प्रसाद भुसालको अध्यक्षतामा सम्पन्न भएको संघका काेषाध्यक्ष लेखनाथ भण्डारीले जानाकारि दिनुभएको छ ।

अन्य समाचारहरु