पाणिनीको दुर्गाफाँट एकीकृत घुम्ती शिविर सम्पन्न (भिडियो, तस्बिर सहित)
चैत्र ३ गते, २०७५ मा प्रकाशित
प्रकासित मिती: २०७५ चैत्र २ शनिबार
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको दुर्गाफाँट जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीकाे आयाेजना तथा पाणिनी गाउँपालिका अन्तरगत मुख्यमन्त्री ग्रामीणा विकास कार्यक्रमकाे सहयाेग तथा समन्वयमा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । एकीकृत घुम्ती शिविरमा विना झञ्झट, छोटै समयमा सबै सेवा पाँउदा सेवाग्राहीहरु हर्षित भएका छन् । दुर्गाफाँटको दुर्वावेश्वर माविमामा भएको घुम्ती शिविरमा गाउँपालिकाका ३१०० सेवाग्राहीले लाभ लिएका थिए । जिल्ला प्रशासनबाट प्रदान हुने नागरिकता, जिल्ला कृषि ज्ञान केन्द्रबाट माटो परीक्षण, टेलीकमले सिमकार्ड वितरण, जिल्ला स्वास्थ्य कार्यलयबाट निशुल्क स्वास्थय जाच र निशुल्क औषधी वितरण जस्ता जिल्ला स्तरका सबै कार्यलयबाट प्रदान हुने सेवा प्रवाह गरिएको थियो । शिवरमा जिल्ला प्रशासन कार्यलय, जिल्ला प्रहरी कार्यलय, जिल्ला स्वास्थ्य कार्यलय, कृषि ज्ञान केन्द्र, नेपाल टेलिकम, जिल्ला आयुर्वेद केन्द्र, जिल्ला निर्बाचन कार्यालय लगायतका कार्यालयहरुले आआफ्नो सेवा प्रदान गरेका थिए । यस्तै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले समुदाय प्रहरी साझेदारी तथा विद्यालय प्रहरी सम्पर्क कार्यक्रम अन्तर्गत लागू औषध, मदिरा सेवन, लैङ्गिक हिंसा, जबरजस्ती करणी, सामाजिक तथा साईबर अपराध एवम् सवारी दुर्घटना सम्बन्धि सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।
मुक्तिनाथ भुसाल अर्घाखाँचीडट्कम संवाददाता
दुर्गाफाँट, अर्घाखाँची, २ चैत । अर्घाखाँचीको पूर्वी भेगस्थित दुर्गाफाँटमा एकीकृत घुम्ती सेवा शिविर सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना तथा पाणिनी गाउँपालिका र मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमको सहयोग एवम् समन्वयमा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा उद्योग फर्म दर्ता तथा नवीकरण, नागरिकता वितरण, फोटोसहितको मतदाता नामावली संकलन, ज्येष्ठ नागरिक परिचय पत्र वितरण, सार्वजनिक सुनुवाई, निःशुल्क स्वास्थ्य शिविर, पशुसेवासम्बन्धी कार्यक्रम, समुदाय प्रहरी साझेदारी कार्यक्रम, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण सचेतना कार्यक्रम, माटो किरा तथा रोग परीक्षण लगायतका सेवा प्रदान गरिएको थियो ।
शिविरवाट धेरैजना लाभान्वित बनेका र असहाय तथा वृद्धवृद्धाहरूका लागि निःशुल्क सवारी साधनको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष अच्युत गौतमको भनाई छ । शिविर सम्पन्न गर्न सहयोग पुऱ्याउने सम्पूर्ण सरोकारवालालाई अध्यक्ष गौतमले एक कार्यक्रमबीच धन्यवाद समेत दिए ।
साविकका अडगुरी, धातिवाङ, मैदान, पटौटी, पणेना, पोखराथोक, खिदीम तथा पालीको वार्ड नम्बर १ देखि ८ र चिदीका गाविसको वार्ड नम्बर ९ लाई समेटी गठन भएको पाणिनी गाउँपालिकामा सञ्चालित घुम्ती शिविरमा महिलाहरूको उल्लेखनीय सहभागिता रहेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले बताइन् । एकै समयमा प्रभावकारी सेवाहरू प्राप्त भएको हुँदा शिविर अत्यन्त फलदायी बन्न पुगेको स्थानीय समाजसेवी जीवनारायण कोइरालाको भनाई छ ।
जम्मा १५१ दशमलव ४२ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो गाउँपालिका धार्मिक तथा पर्यटकीय हिसाबमा महत्वपूर्ण रहेको छ । पाणिनी तपोभूमि, दुर्वाशेश्वर गुफा, नर्तनाचल पर्वत, सिद्धेश्वर गुफा, त्रिवेणी संगम आदि यो गाउँपालिकाका महत्वपूर्ण धार्मिक स्थल हुन् । वन, वन्यजन्तु तथा जैविक विविधताको दृष्टिकोणले समेत महत्वपूर्ण रहेको पाणिनी गाउँपालिकामा जलचर र थलचर जिवहरूले समेत आश्रय लिएको बुझिन्छ । यस गाउँपालिकाको पूर्वमा पाल्पा जिल्ला, पश्चिममा सन्धिखर्क शितगंगा नगरपालिका, उत्तरमा छत्रदेव गाउँपालिका तथा गुल्मी जिल्ला र दक्षिणमा पाल्पा अनि रुपन्देही जिल्ला सीमाना पर्दछन् ।