अर्घाखाँचीडट्कम संवाददाता
बामरुक, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ७ हंसपुरको बामरुक र पाणिनी गाउँपालिका वार्ड नम्बर ६ धातिवाङ स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि छनौट भएका छन् ।
साविक धातिवाङ वार्ड नम्बर ८ मा
कृषि उत्पादनमा सहयोग पुर्याउन प्रदेश ५ सरकारले अगाडि सारेको स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि मालारानी गाउँपालिका वार्ड नम्बर ७ हंसपुरको बामरुक र पाणिनी गाउँपालिका वार्ड नम्बर ६ धातिवाङ गाउँलाई छनौट गरेको हो ।
हंसपुरको बामरुक
स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि बामरुक र धातिवाङ गाउँ गरी ५ नम्बर प्रदेशका ५२ वटा गाउँ छनौट गरेको गरिएको छ ।
प्रदेश सरकारले बनाएको मापदण्डमा एउटा गाउँमा कम्तीमा ५० घर हुनुपर्ने, २ सय ५० रोपनी जग्गा हुनुपर्ने गरी मापदण्ड बनाइएको र ती मापदण्ड पुरा भएका गाउँहरु छनौट भएको हो ।
धातिवाङ
छनौट भएका गाउँमा बढीमा २ वटा बाली तथा वस्तु (पशुपालन)लाई प्राथमिकतामा राख्नुपर्ने व्यवस्था गरिएको छ। पशुपालन गरेपनि दुईथरि र खेती गर्ने हो भने पनि २ वटा बालीलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने मापदण्ड रहेको छ।
एउटा गाउँलाई ५० लाख बजेट उपलब्ध गराईएको छ। छनौट भएका गाउँका किसानलाई प्रदेश सरकारले ५० लाख उपलब्ध गराउने र सो बजेटमा किसानहरुले थप १० लाख लगानी गरेर कृषि गर्न सक्ने व्यवस्था गरिएको छ।
हंसपुरको बामरुक
छनौट भएका गाउँहरुमा १० लाख थप गरेर कार्यक्रम बनाउन किसानहरु योजना निर्माणमा व्यस्त रहेका छन। यो कार्यक्रम आगामी चार वर्षसम्म निरन्तरता दिने बताएको छ।
स्मार्ट कृषि गाउँ कार्यक्रम रुपन्देहीको देवदह नगरपालिकाबाट शुभारम्भ गरिएको थियो। हाल छनौट भएका गाउँहरुमा यो कार्यक्रम शुरु गर्न आवश्यक योजना निर्माणमा किसानहरु जुटेका छन् । @अर्घाखाँचीडट्कम Arghakhanchi.Com