अर्घाखाँचीडट्कम संवाददाता
सिद्दारा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका साविकको सिद्दारामा रहेको सामुदायिक बनमा जिल्ला बन कार्यालय अर्घाखाँची सामुदायिक बन उपभोक्ता समिति र केही निर्माण व्यवसायीको मिलेमतोमा लाखौं रुपैयाँ भष्टचार गर्ने चलखेल शुरु भएको छ ।
भौवा महिला सामुदायिक वनको झन्डै बिभिन्न साईजको ७११६.३७ क्युफिट साल काठ गोप्य सुचना गराई लाखौं रुपैया चलखेल हुन लागेको हो । माघ २९ गतेका दिन दैनिक पत्रिका बुटबलबाट सुचना प्रकासित गरि समुहका अध्यक्ष चित्र बहादुर थापा कागज पत्र सहित फरार भएको २५ दिन पछि सम्पर्कमा आएका थिए ।
स्थानियले अहिले पनि अध्यक्षको तिब्र बिरोध गरेका छन् । बजार रेटमा झन्डै २५ सयमा गोलिया बिक्रि हुने भए पनि अहिले समुहमा १२ सय देखि १५ सय सम्म हाली लाखौं रुपैयाँ बन कर्मचारी र ठेकेदार समुहको मिलेमतोमा भष्टचार गर्ने तैयारी छ । प्रकासित सुचना अनुसार २१ गते नै निर्माण व्यवसायीले टेन्डर हाल्नु पर्ने र सोही दिन दिनको १ बजे निर्माण व्यवसायीको रोहवरमा टेन्डर खोल्ने उल्लेख गरिएको भएपनि टेन्टर फिर्ता गराउन तथा मिलाउन कर्मचारी सक्रिय ठेकदार १५ दिन ब्यस्त रहेका थिए । कथम कदाचित सुचनामा उल्लेख भएको मितिमा टेन्डर नखोलेमा सोही दिन समुहको मिटिङ बसि माईनट गरि खोल्ने मिति कायम गरि सुचना टास गर्नुपर्ने प्राबधान छ । यी नियम कानुन कुनै पनि पूरा नगरी अध्यक्षले कागज पत्र बोकी गायब हुनु समुहमा ठेक्का फर्म नपाउनु जिल्ला बन कार्यालयमा जाँदा ३ सेट मात्रै पठाएका थिए । बेचेर भ्याईयो भनी जबाफ दिदा केही निर्माण व्यवसायी प्रजिअ कहाँ समेत गुनासो गर्न पुगेको तर प्रजिअले बन कार्यालयमा पठाएको बन कार्यालयले समुहमा पठाएको समुहमा जाँदा अध्यक्ष कागज पत्र सहित भागेका कारण टेन्डर गोप्य गराएको स्पष्ट हुन्छ । अहिले पनि सोही सुचनालाई चर्तित राष्ट्रिय दैनिकमा प्रकासित गरि प्रचार गर्ने हो भने १ सय भन्दा बढि व्यवसायीले टेन्डर हाल्लने बुझिन्छ ।

अर्घाखाँचीमा काठ व्यवसायी ५१ जना छन् । जसमा ३ थान टेन्डर खरिद गरि डिभिजन बन कार्यालयमा दर्ता गरिएको थियोे । जिल्ला स्थित कुनै पनि कार्यालयको सुचना पार्टीमा त्यो सुचना उल्लेख छैन । जिल्ला बन कार्यालय अर्घाखाँचीमा दर्ता भएका ३ वटा फर्म अहिले गायब भएको बताईऐको छ । तीन फर्म लामो समयको दबाब र ठुलो आर्थिक रकम लेनदेन गरि फिर्ता भएको बुझिन्छ । ताकि दर्ता गरेको फर्म फिर्ता गर्ने कुनै पनि बन एेन नियममा प्राबधान छैन् । नियम कानुन मिचेर समुहका अध्यक्षले गाउँमा परामर्ष नगरी झोलामा कागज हालेर निर्माण व्यवसायी सँग-संगै फर्म फिर्ता गराउन डौडधुप गरेका थिए ।
जिल्लाको सम्पति कौडिको मुल्यमा जाँदा स्थानिय सरकार जिल्ला प्रशासन राजनीति दल मौन छन् । कर्मचारी समायोजनका कारण अन्यत्र सरुवा भएका डिभिजन बन अधिकृत अजय बिक्रम मानन्धरले गैरजिम्मेवार जबाफ दिदै भने हाम्रो चासोको बिषय होइन समुहको कुरा हो, गोरखापत्रमा खुल्ला सुचना गरिएको थियोे, किन गोप्य भयो र भनी प्रश्न गरे ताकि सुचना बुटवलबाट प्रकासित छ ।
जिल्ला भरको बनको जिम्मेवारी लिएका बन अधिकृतको जबाफले भष्टचार कति बढेको होला सहजै अनुमान गर्न सकिन्छ । बनका कर्मचारीलाई ठेकेदारले क्युफिटका हिसाबले रकम दिने गरेको निर्माण व्यवसायी बताउछन ।
यस बिषयमा साहयक बन अधिकृत ओली महमद राईलाई सम्पर्क गर्दा आफुहरुलाई चासो नभएको र आफु अध्यान बिधामा हिड्न लागेको बताए । उनले राज्यको जिम्मेवारी लिएर बसेर पनि निजि कुरा गरि जिम्मेवारीबाट पन्छिन खोज्नुले नियत प्रस्ट हुन्छ कि मिलेमतो ठूलो छ । उनलाई पनि गम्भीरता पुर्बक अध्यान अनुसन्धान गर्नु पर्ने देखिन्छ ।
लाखौं रुपैयाँको काठ कौडिमा लैजाने र काठेकिरा माटेकिरा मौटाउने जिल्लालाई ठुलो घाटा हुने स्थानियले बताउछन ।बिगत देखिनै अख्तियार मा उजुर परेको तर अनुसन्धान भईरहेको अबस्थामा कर्मचारी समायोजन का कारण काठ धमाधम पैठारी बिक्रि गरिएको छ । अध्यक्ष फरार भएको कुरा सयम समुहका कोषाध्यक्षले दावी गरे अध्यक्ष थापा अहिले पनि गाउँमा छैनन्, उनी कपिलवस्तुमा बसेर कागज पत्र मिलाउने काममा ब्यस्त छन् ।
यस बिषयमा यी अख्तियारले गम्भीरतापूर्वक छानबिन गर्न जरुरी देखिन्छ । सोमबार पनि अध्यक्ष गाउँमा आएका छैन् । निर्माण व्यवसायीले यस अधि पनि विभिन्न सामुदायिक बनमा यस्तै गर्दै आएका छन् ।
करोडौंको काठ कर्मचारी समेतको मिलेमतोमा यसरी गोप्य गर्दा कार्यालय र सरोकारवाला चुप लाग्नुले पनि भष्टचार झन बढने सम्भाबना छ । अहिले ठुलो आर्थिक लेनदेन गरि नियम कानुन बिपरित चैत ४ गते नाटक गरि टेन्डर खोली न्युनतम रेटमा काठ सदरगर्ने समुहको तैयारी लाई बन कार्यालयको सहयोग भएको कारण यस्तो रकमको चलखेल भएको हो ।
डिभिजन बन प्रमुखले तोक लगाएका फर्महरु १५ दिन पछि फिर्ता लिन पाउने कानुनी ब्यबस्था छैन् । उस बिषयमा अख्तियारले छानबिन गर्नुपर्ने स्थानिय सर्बसाधारणाको माग छ ।