अर्घाखाँचीमा होलीमा जबर्जस्ती गर्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी

प्रकासित मिती: चैत्र ५, २०७५ 
श्याम घिमिरे 
सन्धिखर्क, चैत्र ५ अर्घाखाँची – जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले होली पर्वमा जबर्जस्ती अबिर र रङ्ग दल्ने,छ्याप्ने ,प्लास्टिक तथा लोला हान्ने,फोहोर पानी,हिलो, मोबिल एवं अन्य हानिकारक चिजबस्तु लगाउने प्रयत्न गर्नेलाई तत्काल पक्राउ गरि कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।
 जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सार्वजनिक सूचना जारी गरि त्यस्ता क्रियाकलाप गर्नेलाई कानुनी कारबाही गर्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सुचना जारी गर्दै होली पर्वलाई सभ्य शान्त र मर्या्िदत रुपले मनाउन अनुरोध समेत गरेको छ ।
यसैबिच होली मनाउने निहुमा सामाजिक शान्ति र सद्भावलाई खलल् पार्ने खालका गतिबिधी नगर्न, मादक पदार्थ, लागू औषध लगायतका अन्य नशालु पदार्थको सेवन नगर्न अनुरोध गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त कार्यालय प्रमुख खिमबहादुर घमले जानकारी दिनु भयो ।

अन्य समाचारहरु