अर्घाखाँची जिल्लामा प्रहरीले सर्च अभियान सञ्चालन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय खन अर्घाखाँचीबाट खटिएको नेपाल प्रहरी टोलि र सशस्त्र प्रहरी बलको संयुक्त टोलिले जिल्ला अर्घाखाँची मालारानी २ पहेली गिता पोखरी भिरपाखा पहरामा सर्च गर्दा ऐ.१२;२५ बजेको समयमा मालारानी ३ बस्ने कमल चौवानको घरको दक्षिण अं.१० मिटर तल पहरा वडा एरियामा खिया लागेको अबस्थामा रहेको निम्न टुटु म्याग्नम थान २ र भरुवा बन्दुक थान १ र निज कमल चौवानकै खालि रहेको घरमा सर्च गर्दा १ थान भरुवा बन्दुक गरी जम्मा ४ नाल हतियार बरामद भएको छ ।
नबिन के.सी
खनदह, अर्घाखाँची । अर्घाखाँचीमा प्रहरीले अवैध हतियार बरामद गरेको छ । शुक्रबार अर्घाखाँची जिल्लाको मालारानी गाउँपालीका – ३ खनदह निवासी कमल चौहानको खाली घरबाट १ थान हतियार बरामद गरेको हो ।
त्यस्तै चौहानकै घर नजिकै रहेको पहरामा लुकाई राखेको अवस्थामा ३ थान हतियार बरामद गरेको प्रहरी नायव उपरिक्षक नवराज मल्लले जानकारी दिए । म्याग्नम नाम गरेका हतियार २ र २ वटा भरुवा बन्दुक रहेको जनाइएको छ ।
युद्धकालका हतियार हुन सक्ने अनुमान प्रहरीले गरेको भएपनि अनुसन्धान भने भइरहेको जनाइएको छ । केहिदिन अगाडि सोही स्थानमा २ सकेट बम समेत फेला परेको थियो ।
बरामद हतियारहरू:
१) 2930818 M, Model No 597 र 2962048 M, Model No. 587 Magnum Remington हतियार – थान २
२) भरुवा बन्दुक थान – २
अवैध हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आग्रह
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले अवैध हातहतियार तथा खरखजना ३५ दिनभित्र नजिकैको प्रहरि चौकी, जिल्ला प्रहरि कार्यालय र नेपाली सेनाको ब्यारेकमा बुझाउन आग्रह गरेको छ ।
कोहि कसैले हातहरियार र खरखजाना राखेको भए चैत्र मसान्त भित्र बुझाउन सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी पे्रमलाल लामीछाने बताए । ‘समयमै हातहतियार बुझाएमा कुनै कानुनी कारबाही हुदैन र तोकिएको अवधिमा नबुझाए त्यस्ता व्यक्ति उपर प्रचलित कानुन बमोजिम कारबाही हुनेछ । ’