श्याम घिमिरे
सन्धिखर्क, चैत्र ७ अर्घाखाँची – एकीकृत अखिल नेपाल शिक्षक संगठन अर्घाखाँचीको चौथो जिल्ला सम्मेलन बुधबार सन्धिखर्कमा सम्पन्न भएको छ ।
सम्मेलनले युबराज भुसालको अध्यक्षतामा ३९ सदस्यीय कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा नवराज पोख्रेल , महिला उपाध्यक्ष माधवा भुषाल , उपाध्यक्षमा रुद्रमणी खनाल , टेकनारायण गैरे र भोजराज पाण्डे रहनु भएको छ । यस्तै सचिवमा बसन्त खड्का , अर्थ सचिव नवराज न्यौपाने , सह सचीव पार्वता बिक , खुम बहादुर बस्नेत , नहकुल रेश्मी रहनु भएको छ ।
कार्यक्रममा मनतब्य राख्दै संगठनका केन्द्रिय उपाध्यक्ष मान बहादुर पान्डेले देशमा हुने हरेक परीबर्तनमा शिक्षकहरुको अहम भुमिका रहेकोले सोही अनुसार शिक्षकहरु अगाडी बढ्नुपर्ने बताउनु भयो । कार्यक्रममा नेकपा प्रदेस सदस्य ठाकुर कुमार बिक , प्रदेश कमिटि सदस्य तथा जिल्ला कार्यदल सदस्य छम कुमारी खनाल , तोज बहादुर रायमाझी लगायतले शुभकामना मनतब्य ब्यक्त गर्नु भएको थियो ।
यस्तै सम्मेलनले संगठनका केन्द्रिय सदस्य शुभाष चन्द्र बन्जाडेलाई जिल्ला इन्चार्ज र सह इन्चार्जमा कमल घिमिरेलाइ जिम्मेवारी समेत प्रदान गर्नुका साथै जिल्लाका ६ वटै पालिकाको पालिका इन्चार्ज समेत तोकेको छ । जस अन्तरगत छत्रदेब गाँउपालीकामा भोजराज पाण्डे , मालारानिमा बसन्त खड्का ,भुमिकास्थानमा रुद्रमणी खनाल , सन्धिखर्कमा माधवा भुसाल , पाणिनिमा टेकनारायण गैरे र शितगंगामा नवराज न्यौपाने रहनुभएको छ । कार्यक्रम संगठनका पुर्व उपाध्यक्ष युबराज भुसालको अध्यक्षता र संगठनका पुर्व सहसचीव रुद्रमणी खनालको सन्चालनमा सम्पन्न भएको हो ।