ठाडा बजारटोलाका नन्दकुमार श्रेष्ठको मोेटरसाइकल दुर्घटनामा मृत्यु

प्रकासित मिती: ७ चैत्र, २०७५ 
लक्ष्मण घिमिरे 
ठाडा, अर्घाखाँची  ७ चैत्र । मोेटरसाइकल दुर्घटनामा परि अर्घाखाँची जिल्लाको शितगंगा  नगरपालिकाका एक जानाको ज्यान गएको छ । अर्घाखाँची जिल्लाको शितगंगा  नगरपालिका–३ ठाडा बजारटोलाका ३२ वर्षीय नन्दकुमार श्रेष्ठको मोेटरसाइकल दुर्घटनामा हिंजो मृत्यु भएको हो । 
तनहुँको सुक्लागण्डकी नगरपालिका–२ हलेदीमा बा ४ ख ७१० नम्बरको कन्टेनर मिनीट्रकले ना ४७ प ५५१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा श्रेष्ठको ज्यान गएको हो  । 
श्रेष्ठको स्थाई घर अर्घाखाँची शितगंगामा भएपनी उहाँ ४ नम्बर प्रदेश प्रहरी कार्यालयमा प्रहरी जवान पदमा कार्यारत हुनुहुन्थ्यो ।
ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको बिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।  
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने श्रेष्ठको शवलाई जिल्ला अस्पताल तनहुँमा पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ । 

अन्य समाचारहरु