प्रकासित मिती: ७ चैत्र, २०७५
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा बाहिरबाट कुखुराका चल्ला, अण्डा आयातमा रोक लगाइएको छ ।
हालै मकवानपुर ,काठमाडौ ,कास्की , लगायत देशका विभिन्न क्षेत्रमा वर्ड फ्लू राेग लागि कुखुरा मरिरहेकाे वर्तमान स्थितीलाई मध्यनजर राखी बिहीवार बर्डफ्लु रोगकाे राेकथाम र नियन्त्रण गर्नका लागि बर्डफ्लु रोग नियन्त्रण प्रविधिक समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेकाे अध्यक्षतामा सराेकारवालाहरू बिच जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बैठक सम्पन्न भएकाे थियो ।
बर्डफ्लु रोग नियन्त्रण सम्बन्धि निर्णयहरु:
*बैठकले तत्कालका लागि सिमाना जाेडियका जिल्ला बाट कुखुराकाे चल्ला अण्डा अायात नगर्ने ।यस्काे लागि स्थानीय प्रहरी ईकाई बाट चेकजाँच /निगरानी गर्ने निर्णय गरेकाे छ ।
* छिमेकी जिल्लाहरू र भेटेरिनरि अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कपिलवस्तु संग समेत समन्वय गरि समितिकाे अर्काे बैठक एक हप्ता पछि प्रशासन कार्यालयमा बस्ने निर्णय गरेकाे छ ।
*भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र सम्पर्क केन्द्र ले अर्घाखाँची स्थित पाेल्ट्रि फर्महरूकाे अनुगमन गर्ने ,वर्ड फ्लुकाे संक्रमणकाे अासंका भएमा सम्बन्धित ब्यवसायीले तत्काल उक्त केन्द्रमा सम्पर्क गर्ने बैठकले निर्णय गरेकाे छ ।