प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची ९ चैत । खानका लागि अस्वस्थ मासु बेचेको भन्दै अनुगमन टोलीले सन्धिखर्कका २ वटा मासु पसल बन्द गरिदिएको छ ।
सन्धिखर्क नगरपालिकाको आयोजनामा भएको मासु पशलहरुको अनुगमनको क्रममा मासु पशलकालागि चाहिने न्युनतम पनि मापदण्ड पुरा नगरेको, अस्वस्थकर मासु वेचेको भन्दै सन्धिखर्क नगरपालिका वाड नम्वर १ कजवेय नजिकैका २ वटा पशलमा शिल लगाइएको हो ।
कजवेयबाट बसपार्क जाने बाटोमा रहेका आयुस मासु पशल र फिरोज मासु पशल न्युनतम पनि माप दण्ड पुरा नगरेको भेटिएपछि ताला लगाइदिएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज वेल्वासेले बताए । ताला लगाइएका माशु पसलेहरुलाइ कानुन अनुसार कारवाही गरिने सहायक प्रजिअ वेल्वासेको भनाइ छ ।
जिल्लाका १० वटा मासु पशलमा छड्के अनुगमन गर्दा २ वटामा ताला लगाएको हो । मासु पशलहरुमा सफा नदेखिएको, हसिया खुकुरी खिया लागेका, विग्रिएको र फोहोर तथा सडे गलेको मासु वेचेको, दर्ता विनानै मासु पशल सञ्चालन गरेको भेटिएको सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुरकुमार विकले बताए ।
जिल्ला स्तरीय अनुगमन टोलीले अनुगमनलाइ निरन्तरता दिने र उपभोक्ताको स्वस्थ र सफा मासु खाने अधिकारलाइ प्रभावकारिताका साथ अगाडी बढाउने सन्धिखर्क नगरपालिकाकी पशु शाखा प्रमुख राधा पाण्डेले बताइन ।