सुर्य भुसाल
ठाडा, अर्घाखाँची । गुणस्तरीय शिक्षा प्रदानमा शिक्षकहरु प्रतिबद्घ भए मात्र शैक्षिक गुणस्तर कायम हुने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।
नेपाल शिक्षक संघ शितगंगा नगरपालीकाले आयोजना गरेको प्रथम स्थानीय प्रतिनिधी सभामा बोल्ने बक्ताहरुले यस्तो कुरा बताएका हुन् । कार्यक्रममा नेपाल शिक्षक संघ पाँच नम्बर प्रदेश अध्यक्ष अर्जुन कुमार योगीले शिक्षक सधै शैक्षिक गुणस्तर कायम गर्न लागी परेको बताउनु भयो । राज्यले बिभिन्न बहानामा शिक्षकलाइ उपेक्षा गर्दै आएपनी आफुहरु सदैब शैक्षिक गुणस्तर बढाउनमै तल्लीन रहेको उहाले बताउनुभयो ।
कार्यक्रममा बोल्दै शन्धिखर्क नगरपालीका प्रमुख कमल प्रसाद भुसालले गुणस्तरीय शिक्षा प्रदानमा शिक्षकहरु प्रतिबद्घ भएर लाग्न आग्रह गर्नुभयो । शिक्षक समाजको ऐना भएकाले समुन्नत समाज निर्माणमा शिक्षक वर्गको अहम् भुमिका रहने कुरामा जोड दिनुभयो ।
सोहि कार्यक्रममा बोल्दै शितगंगा नगर प्रमुख सुर्य अधिकारीले नगरको शैक्षिक सुधारको लागी आफु रात दिन नभनी लागी परेकोले सबैले साथ दिन आग्रह गर्नुभयो । साथै उहाले नगरको शैक्षिक विकासका निम्ति आफुले नगरबाट प्राप्त गर्ने चार बर्षको सबै मासिक पारीश्रमिक अपाङ्ग,दलित,कमजोर अबस्था भएका जेहन्दार विद्यार्थीको शिक्षाको निम्ती खर्च गर्ने घोषण समेत गर्नुभयो ।
कार्यक्रममा नेपाली कांगे्रस जिल्ला सचिव छविलाल पौडेल,नेपाल शिक्षक संघ केन्द्रिय सदस्य नेत्र न्यौपाने, छत्रदेब गाउपालीका अध्यक्ष पोख्रेल, अद्रेड युनियन कांगे्रस ५ नम्बर सचिब नन्दराम भट्टराई, नेपाल शिक्षक संघ ५ नम्बर उपाध्यक्ष कृष्ण पौडेल,नेपाली कांगे्रस जिल्ला सदस्य माधब पाडेल, शिक्षक संघ जिल्ला अध्यक्ष यादब घिमिरे लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम नेपाल शिक्षक संघ शितगंगा नगर अध्यक्ष राजेन्द्र पौडेलको अध्यक्षता, सचिब मधु पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।