सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । राष्ट्रिय बाणिज्य बैकले गाईपालन पशु पालन कृर्षि ब्यवसायलाई प्रोत्साहन गर्ने गरि कृर्षि कर्जा महिला उधमसिल कर्जालाई व्यापक रुपमा लगानि गर्ने तैयारी गरेपछि वास्तविक किषानहरुको आकर्षण बढेर गएको छ ।
मापदण्ड पुगेकाहरुका लागि अनुगमन गरेर बैकबाट ऋण दिन सुरु गरिएको र ब्यबसाय गर्छु भन्ने आट भएका र बैकमा माग गर्न आएकाहरुका लागि नियम अनुसार अनुगमन गरि लगानि गर्ने गरिएको बाणिज्य बैक अर्घाखाँची शाखाका प्रबन्धक गोपाल न्यौपानेले जानकारी दिनु भयो ।
न्यौपानेका अनुसार गत बर्ष भन्दा यो बर्ष किसानहरु ऋण लिनका लागि दोब्र र माग गर्न आएको बताउनु भयो ।
कृर्षि ब्यबसाय गर्ने पशुपालन गर्नेहरुका लागि अहिले न्युनतम ब्याच दर ३.३ का दरले ब्याज लिएर बैकले लगानी गर्ने गरेका कारण ऋण माग गर्न आउने किषानको माग बढेर गएको प्रबन्धक न्यौपानेले बताउनु भयो ।
न्यौपानेका अनुसार विभिन्न खालका लोन लगानि गरिएको र बैकमा डकुमेन्ट पूरा गरेर आउने फर्कन नपर्ने तर किसान भनी काम सन्चालन नगरि अन्य पर्योजनका लागि ऋण सस्तो ब्याजमा खोज्नेलाई लगानी नगरिएको बताउनु भयो ।