श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची चैत्र १० (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका र उपभोक्ता हित संरक्षण समितिको आयोजनामा आईतबार उपभोक्ता हित प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागीहरुले उपभोक्ताहरुको हितलाई केन्द्रमा राखी संघसंस्था तथा सरोकारवाला निकायहरुले उपभोक्ताहरुको हित र संरक्षण सम्बन्धी सचेतनामुलक कार्यक्रम चलाउनु पर्नेमा जोड दिएका छन ।
नगरपालीकाबाट गरीने बजार अनुगमन निर्देशिका २०७४ संग सम्बन्धीत अनुगमन गरीने बस्तुको बर्गिकरण गरीे अनुगमनलाईृ प्राथमिकताको आधारमा आबश्यकता अनुसार निरन्तरता र प्रतिफलमुखी बनाउनु पर्ने भन्दै बजार अनुगमनलाई प्रभाबकारी बनाउन सम्बन्धीत निकायहरुले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुे प्रतिबद्धता समेत उनिहरुले ब्यक्त गरेका हुन ।
नगरप्रमुख कमलप्रसाद भुसालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा उपप्रमुख ठाकुर कुमार बिक,प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछाने लगायतले कार्यक्रमको सहजीकरण गर्नु भएको हो । स्थानीय उपभोक्ता र सरोकारवाला निकायहरुको सहभागीता रहेको कार्यक्रम कृषि तथा पशुपंक्षी शाखाकी प्रमुख राधा पाण्डेको स्वागत मनतब्य र प्रशासकिय अधिकृत गोबिन्द केसीको सन्चालनमा सम्पन्न भएको थियो ।