प्रेम खड्का
सुपादेउराली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सुपादेउरालीमा सरसफाई महाअभियान कार्यक्रम सम्पन्न भएको छ ।
सुपादेउराली मन्दिर व्यवस्थापना समितीको आयोजनामा सम्पन्न सरसफाई महाअभियान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, नरपानी प्रहरी कार्यालय, ट्राफिक प्रहरी लगायतका स्थानियबासीको सहभागीता रहेको थियो ।
सुपादेउरालीमा नियमित सरसफाई अभियान कार्यक्रम गर्दै लैजाने सुपादेउराली मन्दिर व्यवस्थापना समितीले बताएको छ ।
उता यसअघि यस क्षेत्रमा हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ ।