अर्घाखाँचीडट्कम संवाददाता
बुटवल (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ५ छत्रगन्जकी एक बालिका बेपत्ता भएकी छिन् ।
छत्रगन्जकी ७ वर्षिया बालिका बिपशा रायमाझी बुटवलबाट बेपत्ता भएकी हुन् ।
बिपशा सोमबार बुटवल तिनकुनेमा आफन्तको घरबाट बाहिर पसलमा समान किन्न गएको र दिनभर घरमा नफर्किएको आफन्तले बताए ।
उनी साँझसम्म नफर्किएपछि आफन्त, चिनेको खोजी गरिएको थियो । जताततै खोज्दा पनि फेला नपरेपछि परिवार सदस्यले प्रहरीलाई खोजीदिन अनुरोद गरेका छन् । उनलाई कसैले देखेमा फोन नम्बर ९८६७०४०१०२ वा नजिकको प्रहरी चौकीमा खबर गर्न अनुरोध गरिएको छ ।