अर्घाखाँचीमा मेघगर्जन र हावाहुरीसहित पानी

लक्ष्मण घिमिरे 
 
सन्धिखर्क, अर्घाखाँची १२ चैत्र । आज अर्घाखाँचीमा मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको छ । 
पश्चिमी वायुसँग स्थानीय वायु मिसिएकोले गएरातिदेखि नै धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको हो । अर्घाखाँचीका केही भेगमा मेघगर्जन र हावाहुरी चलेको छ भने केही स्थानमा बर्षा पनी भैरहेको स्थानियले जानकारी गराएका छन ।
अर्घाखाँची सहित देशका विभिन्न भागमा मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको बताईएको छ । महाशाखाका मौसमविद् मिनकुमार अर्यालका अनुसार कतै कतै मौसम एकैछिन खुलेपनि फेरि बदली भई मेघगर्जन र हावाहुरी चल्नेछ । तर ठूलो पानी पर्ने संभावना भने नरहेको उहाँले जानकारी दिनुभयो ।
प्रिमनसुनको समयमा पानी पर्दा चट्याङ पनि पर्ने भएकाले सावधानी अपनाउन मौसमविद मिनकुमार अर्यालको आग्रह छ । भोलीदेखिनै मौसममा सुधार आउने मौसम पुर्वानुमान शाखाको अनुमान छ । 

अन्य समाचारहरु