छत्रगन्जको श्री सार्वजनिक माविमा चैत्र २६ गते एक दिने एकिकृत घुम्ती सेवा शिविर हुने

अर्घाखाँचीडट्कम संवाददाता
छत्रगन्ज, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ५ छत्रगन्ज स्थित श्री सार्वजनिक माद्यामिक विधालयमा एक दिने एकिकृत घुम्ती सेवा शिविर सञ्‍चालन गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजना तथा छत्रदेव गाउँपालिकाको सहयोग र समन्वयमा यहि  चैत्र २६ गते छत्रगन्ज स्थित श्री सार्वजनिक माद्यामिक विधालयको प्राङ्गणमा एक दिने एकिकृत घुम्ती सेवा शिविर सञ्‍चालन गरिने भएको हो ।
साथै उक्त दिन देहाय बमोजिमका सेवाहरू प्रदान गरिने बताइएको छ:-
क्र.सं. प्रदान गरिने सेवाहरू-
१.नागरिकता वितरण
२.फोटो सहितको मतदाता नामावली संकलन
३.सन्धिखर्क जिल्ला अस्पताल र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट निशुल्क स्वास्थ्य सेवा शिविर सञ्‍चालन
४.RIM र SIM Card वितरण
५. समुदाय-प्रहरी साझेदारी कार्यक्रम सञ्‍चालन
६. उद्योग/व्यापारिक फर्म दर्ता तथा नविकरण
७. लागु औषध निषेध, मदिरा नियन्त्रण, लैङ्गिक हिंसा विरूद्ध सचेतना अभियान सञ्‍चालन
८. माटो परिक्षण, किरा तथा रोग परिक्षण
९. झाडी सुधार कार्यक्रम
१०.सार्वजनिक सुनुवाई
नोट – RIM र SIM Card लिनका लागि सरकारी निकायबाट जारी भएको नागरिकता/लाईसेन्स वा परिचयपत्र र १ थान फोटो आवश्यक पर्नेछ ।

अन्य समाचारहरु