श्याम घिमिरे
सन्धिखर्क, चैत्र १४, अर्घाखाँची – नयाँ शक्ति पार्टी नेपाल अर्घाखाँचीले ५ महिना ५ काम ५ परिणामको अभियानलाई तिब्रता दिएको छ. । यसै अनुसार पार्टीले बुधबार सन्धिखर्क नगरपालिकाको भेला तथा बैठक सम्पन्न गरेको छ ।
पार्टीका केन्द्रीय संरक्षक परिषद सदस्य राजु नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा केन्द्रीय कार्यकारी सदस्य छन्द पन्थी,जिल्ला संयोजक गोकर्ण थापा संघिय परीषद् सदस्य टोपबहादुर बलाल,कार्यलय सचीव पुष्करनाथ आचार्य,युवा शक्ति जिल्ला संयोजक मनिष सिंह, इन्द्रबहादुर गेलेङ,टुकबहादुर चेवाली बिद्यार्थी नेता रमेश खनाल,सागर भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।
सन्धिखर्क नगर अध्यक्ष पुर्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको बैठकले यही चैत्र महिना भरमा सबै वडाहरुमा भेला तथा अधिवेशन गर्ने,पार्टी सदस्यता नबिकरण र नयाँ सदस्यता बितरण गर्ने, यस्तै ५ महिना ५ काम र ५ परीणाम अभियानलाई केन्द्रीय कार्यक्रम अनुसार सन्चालन गर्ने निर्णय समेत गरेका पार्टीका जिल्ला संयोजक गोकर्ण थापाले जानकारी दिनु भयो ।
सोही अबसरमा बिभिन्न पार्टी परीत्याग गरी तिनजना ब्यक्तीहरु नयाँ शक्ती पार्टीमा धुब्रीकरण भएको पार्टीले जनाएको छ ।