अर्घाखाँचीमा एसईई परिक्षा शान्तिपूर्ण र अनुशासित रुपमा जारी (तस्बिर सहित)

प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसईई) परिक्षा शान्तिपूर्ण स्वच्छ, व्यवस्थित तथा मर्यादित र अनुशासित रुपमा जारी रहेको छ ।  
गत आइतवार विहान ८ बजे देखि शुरु भएको एसईईमा अर्घाखाँची जिल्लाबाट ३ हजार ४ सय ३७ परीक्षार्थी सहभागी भएका छन् । यसैक्रममा सन्धिखर्कका श्री भगवती मावी कुर संखेटारी, जनज्योती मावी, अर्घाखाँची आवसिय उच्च मावी, गंगा आधारभुत विद्यालय लगायतका केन्द्रहरुमा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल लगायतले अनुगमन गरेका थिए । 
सन्धिखर्क वरीपरीका केन्द्रहरुमा एसईई परिक्षा शान्तिपूर्ण स्वच्छ, व्यवस्थित तथा मर्यादित र अनुशासित रुपमा जारी रहेको छ ।  
जिल्लाका विभिन्न १७ वटा परीक्षा केन्द्रहरुबाट सन्चालन भईरहेका परीक्षाका लागी नियमित तर्फ छात्र १६०२ र छात्रा १८६१ गरी जम्मा ३ हजार ४ सय ६३ जनाले परीक्षा फर्म भरेपनी २३ जना परीक्षार्थीहरुभने अयोग्य भएका छन् । जसमा सन्धिखर्क नगरपालिकामा ५, सितगंगा नगरपालिकामा २, भुमिकास्थान नगरपालिकामा २, पाणिनी गाउँपालिकामा ३, छत्रदेव गाउँपालिकामा ३, मालारानी गाउँपालिकामा ३ वटा परिक्षा केन्द्र रहेका छन् ।
 
यस्तै एक्जाम्टेड ग्रेडबृद्धि तर्फ १ मात्र परीक्षा केन्द्र श्री गंगा आधारभुत विद्यालय सन्धिखर्कमा रहेको छ । गंगा आधारभुत विद्यालयमा १८ जना परिक्षार्थी अनुपस्थित रहेका छन् ।  जसमा १ सय जना छात्र र २३ जना छात्रा गरी जम्मा १२३ जना परीक्षार्थीहरु परीक्षामा सहभागी हुदैछन । यस्तै प्राविधिक बिषयतर्फ ४९ परीक्षार्थीले एसईई परिक्षा दिदै छन । परीक्षामा १ जना परीक्षार्थी पुर्णदृष्टीबिहिन रहेको छन् । 
परीक्षाका लागि १७ केन्द्राध्यक्ष १८ सहायक केन्द्राध्यक्ष १७९ निरीक्षक १०५ जना सहयोगी कर्मचारी र २५५ जना सुरक्षाकर्मी खटीएका छन । 

अन्य समाचारहरु