सन्धिखर्क -१२ वार्ड कार्यालय ठप्प, वडाध्यक्ष नारायण खड्काले तालाबन्दी गर्नेलाई कारवाही नगरेसम्म कामकाज नगर्ने

लक्ष्मण घिमिरे  
सन्धिखर्क, अर्घाखाँची १४ चैत्र । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर-१२ का वडा अध्यक्ष नारायण खड्काले नियोजित रुपमा आफुलाई बदनाम गर्न खोजिएको बताउनु भएको छ । 
वडा कार्यालयमा हुने सबै काम नियम संगत भैरहेको बताउँदै उहाँले कसैलाई गुनासो भए अँगाडी उभिएर भन्न सक्नुपर्ने बताउनु भयो । 
अध्यक्ष खड्काले तालाबन्दिका बिषयमा आफुलाई कुनै जानकारी नभएको पनी बताउनु भयो । ताला के कारणले लगाईयो र किन खोलियो भन्ने ठोस कारण नभएकाले तालाबन्दि गर्नेलाई कारवाही नगर्दासम्म आफुले कामकाज नगर्ने बताउनु भएको छ । सस्तो लोकप्रियता र मिडियामा चर्चा बटुल्ने उद्देश्यले गरिएको यो कार्यले आफुलाई दुखी बनाएको पनी उहाँको भनाई छ । 
अध्यक्ष खड्काले वडा स्वास्थ्य क्लिनिकमा कर्मचारी नियुक्त गर्दा सम्पुर्ण विधी र प्रक्रिया पुरा गरिएको जानकारी गराउनु भयो ।  बिनाकारण योजनाबद्धरुपमा आफु र वडावासिहरु माथीको प्रहार आफुलाई सहृय नभएको भन्दै उहाँले तालाबन्दि गर्नेलाई कारवाही नगर्दासम्म आफुले कामकाज नगर्ने रेडियो देउरालीलाई जानकारी दिनुभयो । 
सन्धिखर्क–१२ को वडा कार्यालय झेंडीमा बुधवार बिहान लगाईएको ताला सोही दिन बेलुका खोलिएको थियो । वडा कार्यालयले जनचासोको बिसयमा आफुखुसी गरेको तथा बजेट बिनियोजन सहि तरीकाबाट नभएको भन्दै दुई जना वडा सदस्यको सहभागीता र स्थानीय नारायण श्रेष्ठको नेतृत्वमा तालाबन्दी गरिएको थियो । 
तालाबन्दिको नेतृत्व गरेका नारायण श्रेष्ठ पुर्व एमालेबाट वडा अध्यक्ष पदमा पराजित व्यक्ती हुन । 
लामो समय सम्म प्रधान भएका नारायण श्रेष्ठ २०७४ को स्थानिय चुनावमा बर्तमान वडा अध्यक्ष नारायण खड्का संग पराजित भएका थिए ।  

अन्य समाचारहरु