पाणिनी बहुमुखी क्याम्पसका विद्यार्थीहरु आन्तरिक परिक्षामा सहभागी

अभिनव चौहान 
सन्धिखर्क, अर्घाखाँची चैत्र १३   । अर्घाखाँची जिल्लाको एक मात्र शैक्षिक धरोहरका रूपमा रहेको पाणीनि बहुमुखी क्याम्पसमा आन्तरिक परिक्षा दिनको लागी यति बेला विद्यार्थीहरु जुटिरहेका छन।
अन्तिम परिक्षा राम्रो बनाउनको लागी   लक्षित यो परिक्षा दिनको लागी स्नातक तह  प्रथम वर्षका विद्यार्थीहरु र  दोस्रो वर्षका विद्यार्थीहरु यो परिक्षामा सामेल भएका छन।
क्याम्पस भित्र क्याम्पसले समय समयमा लिने आन्तरिक परिक्षाले विद्यार्थीहरुमा राम्रो अभ्यास हुने कुरा बताइन्छ ।एकैपटक अन्तिम परिक्षामा विद्यार्थीहरुलाई  सामेल गराउदा अभ्यासको कमिले गर्दा राम्रो नतिजा आउन अलि गाह्रो पर्ने र यस्तो आन्तरिक परिक्षा संचालन गरिएको खण्डमा परिक्षामा लेख्ने सीपको विकास हुनुको साथसाथै आफ्ना कमि कम्जोरी सुधार गर्नको लागी राम्रो मौका मिल्ने छ। 
परिक्षा बिहानै ७ बजे देखि नै सुरु भैरहेको छ भने स्ववियुको पहलमा यो परिक्षा संचालन गरिएको स्ववियु सभापति लक्ष्मण खड्काले हामीलाई जानकारी दिनु भएको थियो ।

अन्य समाचारहरु