अर्घाखाँचीडट्कम संवाददाता
चुत्राबेसी, अर्घाखाँची चैत्र १५ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. २ चुत्राबेसीको भद्रीखोलामा हरेक हप्ताको बिहिबार पशु तथा तरकारी हाटबजार संचालन हुने भएको छ।
पशु तथा तरकारी हाटबजार सन्चालन गर्ने सम्बन्धमा छलफल गर्दै ।
चुत्राबेसीको भद्रीखोलामा बैशाख ५ गते बिहिबार देखि पशु हाटबजार संचालन हुने भएको हो।
हाटबजारमा स्थानिय कृषकहरुले उत्पादन गरेका पशुजन्य तथा अन्य कृषि जन्य बस्तु सामानहरु बिक्रि बितरण गरिने बताइएको छ।
हाटबजार ब्यबस्थापन वार्ड नं. २ को पशु तथा कृषि हाटबजार शिर्षकमा छुट्टाइएको रु १ लाख बिनियोजित रकमबाट गरिएको वडा अध्यक्ष मोतिजंग रायमाझीले बताए । हरेक हप्ताको बिहिबार भद्रीखोलामा लाग्ने हाटबजारले स्थानीय कृषि ब्यबसाय मात्र होइन समग्र जिल्ला नै लाभान्वित हुने रायमाझीले बताए ।
उता पशुहाट बजार समिति समेत पनि गठन गरिएको छ । हाटबजारलाई ब्यबस्थित रूपमा संचालन गर्न सुकदेब पौडेलको अध्यक्षतामा ७ सदस्यिय समिति गठन गरिएको छ।
बिकासको दृस्ठिकोणले पछाडि परेको सो क्षेत्रमा हाटबजार संचालनबाट बढि गरी स्थानियहरुले फाइदा लिने अपेक्षा गरिएको समितिका अध्यक्ष सुकदेब पौडेलले बताए ।