अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची चैत्र १५ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका १ बिहार बजारको बार्दीमा खेल मैदानको निर्माण कार्य शुरु भएको छ ।
यसै आर्थिक बर्ष मा प्रदेश सरकारबाट बिनियोजित रकम रु. ७५ लाखमा शुरु भएको खेल मैदान अमर निर्माण सेबा सन्धिखर्कले शुरु गरेको छ।
यसै आर्थिक बर्षमा खेलाडीहरुका लागि खेल्न सक्ने मैदान बन्ने सन्धिखर्क नगरपालिकाका सब-इन्जिनियर नारायण पोख्रेलले बताउनु भएको छ भने खेल मैदानको लागि आबश्यक पर्ने भवन ट्याइलेट लगायतका संरचनाहरु बजेट अपुगको कारण निर्माण सम्पन्न हुन नसके पनि अर्को आर्थिक बर्ष भित्र खेल र खेलाडीहरुका लागि आबश्यक पर्ने सम्पुर्ण संरचनाहरु बन्ने सन्धिखर्क नगरपालिकाका उपमेहर ठाकुर कुमार बिक किशोरले बताए।
यो खेल मैदान सम्पन्न भएपछि अर्घाखाँची जिल्लाका युबा तथा खेलकुद प्रेमीहरुको लागि जिल्ला बाहिर जाने झन्झट हराउने अपेक्षा गरिएको छ ।