अर्घाखाँचीमा साहित्यको समग्र विकासको निम्ती पाणिनी साहित्यिक पत्रिका प्रकाशन हुने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा साहित्यको समग्र विकासको निम्ती पाणिनी साहित्यिक पत्रिका प्रकाशन हुनेभएको छ । 
अग्रज साहित्यिक हस्तीहरुको सम्मान र नवप्रतिभाहरुको हौसला स्वरुप समग्र जिल्लाको साहित्यिक विकासको निम्ती लुम्विनी वाङ्गमय प्रतिष्ठान जिल्ला शाखा अर्घाखाँचीले यस्तो पत्रिका प्रकाशन गर्ने भएको हो ।
केही दिन पहिले सम्पन्न अधिवेशनबाट निर्वाचित कार्यसमितिको आज सन्धिखर्कमा सम्पन्न प्रथम बैठकले यस्तो निर्णय गरेको प्रतिष्ठानका जिल्ला अध्यक्ष पिताम्बर बन्जाडेले जानकारी दिनुभएको छ ।
पाणिनि साहित्यिक प्रतिष्ठान अर्घाखाँचीको मातहतमा प्रकाशन हुंदै आएपनि केही बर्षदेखी प्रकाशन रोकिएकोले अबदेखी लुम्बिनी वाङ्गमय प्रतिष्ठान अर्घाखाँचीले साहित्यिक पत्रिकालाई निरन्तरता दिने भएको हो । जसको निम्ती प्रतिष्ठानका जिल्ला सचिव जे.वी.दर्लामीको संयोजकत्वमा चोप नारायण बन्जाडे र सिता श्रेष्ठ सदस्य रहेको तिन सदस्यिय सम्पादन समितिको गठन समेत भएको छ । 
अध्यक्ष पिताम्वर बन्जाडेको अध्यक्षता,केन्द्रिय सदस्य हिम लेकाली,सल्लाहकार माधव चुंदाली,हरी प्रसाद भुसाल, र भेष बहादुर के.सी.,प्रेम नारायण खनाल को बिशेष उपस्थिति र सचिव दर्लामीको संचालनमा सम्पन्न बैठकले प्रत्येक महिनाको पहिलो शुक्रवार साहित्यिक चौतारी संचालन गर्ने,साहित्यमा पाठकको विकास गर्न रिडर्स क्लवको गठन गर्ने र अर्को बैठकबाट एक बर्षे बार्षिक कार्ययोजना बनाएर अगाडि बढ्ने निर्णय भएको प्रतिष्ठान जिल्ला सदस्य गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

अन्य समाचारहरु