अर्घाको वारबार्ने हराठाना सानागाउँ खानेपानी योजना सम्पन्न

 प्रेम खड्का
अर्घा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. १० अर्घाको वारबार्ने हराठाना सानागाउँ खानेपानी योजना सम्पन्न भएकाे छ । 
खानेपानीको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार बिकले आज अनुगमन  गर्नु भएको थियो । 
अनुगमनको क्रममा नगरप्रमुख भुसाल र उपप्रमुख बिकले योजना अरु ठिक ढगले सम्पन्न भए नभएको स्थानिय उपभोक्ताहरुले चासो राखेर त्यसलाई पारदर्सि बनाउन आग्रह गर्नु भयो ।
अनुगमनमा पुगेको टोलीलाई स्थानियले स्वागत गरेका थिए । अनुगमनमा सन्धिखर्क न.पा.१० का वार्ड अध्यक्ष लक्ष्मिनारायण चुदाली, सराेकारवाला लगायत स्थानियहरुकाे उपस्थिति रहेको थियो ।  

अन्य समाचारहरु