सिद्दारा फाइल तस्बिर
अर्घाखाँचीडट्कम संवाददाता
सिद्दारा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर – १० सिद्दाराको बाटुले घोसमनमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
बाटुले घोसमनका ४२ बर्षिय दुर्गा प्रसाद आचार्य शनिबार बिहान घर नजिकको कटेरोमा झुण्डिएको अवस्थामा मृत अवस्थामा फेला परेका हुन् ।
ईलाका प्रहरी कार्यालय ठाडाका अनुसार दुर्गा प्रसाद शनिबार बिहान घर नजिकको कटेरोमा दाउरा लिन गएका थिए । लामो समय नआउदा खोज्दै जाँदा उनलाई परिवारले कटेरोमा झुण्डिएको अवस्थामा मृत अवस्थामा फेला परेका थिए ।
उत प्रहरीले भने दुर्गा प्रसादले आत्महत्या गरेको हुनसक्ने बताएको छ । प्रहरीले मुचुल्कापछि शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लगेको छ ।
दुर्गा प्रसादका श्रीमती, एक छोरा र तीन छोरी रहेका छन् ।
घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।