सन्धिखर्कमा रीलायन्स लाइफ इन्स्योरेन्स कंम्पनीको एक दिने अन्तरक्रिया सम्पन्न

श्याम घिमिरे 
सन्धिखर्क, चैत्र १५ अर्घाखाँची – रीलायन्स लाइफ इन्स्योरेन्स कंम्पनीको आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रम सुक्रबार सन्धिखर्कमा सम्पन्न भएको छ । 
कार्यक्रममा मनतब्य राख्दै कंम्पनीका चाबहील ब्रान्च मेनेजर जयराज बन्जराले बिमा मानव जिवनको लागि अत्यावश्यक रहेको बताए । उनले बिमा र मानव जीवन एक अर्काको परिपुरक जस्तै भएकोले घरघरमा पुगेर बिमाको वारेमा शिक्षा दिनुपर्ने भन्दै जिबनको सुरक्षकोलागी समेत बिमागर्नु पर्ने बताए ।
बन्जराले रीलायन्स लाईफ ईन्स्योरेन्स र पछील्लो समय नेपालमा बिमाको स्थिती बारे प्रकाश पार्देे विभिन्न ७, ११ र १८ किसिमका घातक रोग बिरुद्ध सुरक्षा दिने पहीलो नेपाली जीवन बीमा कंम्पनी रीलायन्स लाइफ भएकोले कंम्पनीमा ढुक्क भएर बिमा गर्न आग्रह समेत गरे । सन्चारकर्मी लगायत करीब २० जना सहभागी रहेको कार्यक्रमको कंम्पनीका एजेन्ट मेनेजर गणेश बन्जरा र स्थानीय पबन बन्जाडेले सहजीकरण गर्नुभएको थियो । कंम्पनीले भोली सनिबार होटल डायमण्डमा बृहत कार्यक्रमको आयोजना गरेको बताईएको छ ।

अन्य समाचारहरु