सन्धिखर्कमा अतिरिक्त हुलाक कर्मचारी एशोसियशन अर्घाखाँचीको तेस्रो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा भट्टराई निर्वाचित

गोपाल प्रसाद भट्टराई 
सन्धिखर्क चैत्र १५ अर्घाखाँची – नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसियशन अर्घाखाँचीको अध्यक्षमा बुद्धि बहादुर भट्टराई निर्वाचित हुनुभएको छ ।  सन्धिखर्कमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले अध्यक्ष भट्टराईको नेतृत्वमा ११ सदस्यिय जिल्ला कार्यसमितिको सर्वसहमत गठन गरेको हो ।
नव गठित जिल्ला कार्य समितिको उपाध्यक्षमा प्रभा खनाल,सचिव रिषिराम भाट क्षेत्री,सह–सचिव नुमलाल पौडेल र कोषाध्यक्षमा चेत नारायण पौडेल चयन हुनुभएको छ । जिल्लाका ६ वटै पालिकाबाट झन्डै एक सय जना प्रतिनिधिहरुको सहभागितामा सम्पन्न अधिवेशनले हिरण्य प्रसाद पौडेल,गिता भट्टराई,डबल प्रसाद पौडेल,कृष्ण प्रसाद पाण्डे,नेत्र प्रसाद गैरे र शुसिला क्षेत्रीलाई सदस्यमा छनोट गरेको छ ।
बुद्धि बहादुर भट्टराईको अध्यक्षता,चेत नारायण पौडेलको स्वागत मन्तव्य र रिषिराम भाट क्षेत्रीको संचालनमा सम्पन्न अधिवेशनमा एशोसियसनका केन्द्रिय अध्यक्ष टंक प्रसाद हुमागांई,रुपन्देही जिल्ला उपाध्यक्ष कमला के.सी.जिल्ला हुलाक कार्यालय अर्घाखाँचीका अधिकृत डिल्लीराज भुसाल लगायतले सम्बोधन गर्दै नेपालको इतिहांसमा संचारको विकासमा हुलाकी क्षेत्रको अहम भुमिकालाई कसैले बिर्सन नहुने बताउनुभएको छ ।
संचारमा भएको तिब्र विकास संगै हुलाकी जनशक्तिले पु¥याएको योगदानको कदर नभएको भन्दै उहांहरुले रचनात्मक र संगठित आन्दोलन गर्नुपर्नेमा जोड दिनुभएको छ ।अधिवेशनले समाज परिवर्तनको बाहक बनेका अतिरिक्त हुलाकका कर्मचारीको सम्मानको निम्ती हुलाकी ऐन २०३४ लाई संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
 
 

अन्य समाचारहरु