ढाकावाङमा अर्घाखाँची र प्युठानका सुरक्षा अधिकारीको बैठक सम्पन्न

प्रेमनारायण आचार्य
 ढाकावाङ, अर्घाखाँची १६ चैत । सिमा क्षेत्रमा बिभिन्न समुहबाट हुन सक्ने अपराधीक र गैर कानुनी क्रियाकलाप नियन्त्रण गर्न अर्घाखाँची र प्युठान जिल्लाका सुरक्षा अधिकारीहरुको बैठक अर्घाखाँचीको ढाकावाङमा सम्पन्न भएको छ । 
दुइ जिल्लाको सिमा क्षेत्रमा हुने अपराधीक कृयाकलाप नियन्त्रण गर्नकालागि प्युठान जिल्लाको सिमानामा रहेको ढाकाबांग प्रहरी चौकीमा दुइ जिल्लाका सुरक्षा अधिकारीहरुको बैठक सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले बताए । 
नेकपा बिप्लव समूहवाट हुनसक्ने गैरकानी क्रियाकलाप नियन्त्रण र कारबाही , बर्तमान समसामयिक शान्ति सुरक्षा , अपराध अनुसन्धान , विपद ब्यबस्थापन लगायतका विषयमा  संयुक्त सुरक्षा बैठक सम्पन्न भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक नवराज मल्लले बताए । 
दुइ जिल्लाको सिमाबाट हुने अपराधीक गतिविधि नियन्त्रण र दुइ जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले बनाउने योजनाका विषयमा पनि बैठकमा छलफल भएको थियो । द्धन्द्धको समयमा अर्घाखाँची दुइ दुइ पटक सम्म आक्रमणमा परेको थियो । 
बैठकमा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछाने, प्युठानका प्रमुख जिल्ला अधिकारी बुद्धिनाथ गैरे, अर्घाखाँचीका प्रहरी प्रमुख नवराज मल्ल, प्युठानका प्रहरी प्रमुख निर्मल बुढाथोकी, अर्घाखाँचीका सेना प्रमुख निरज भण्डारी, प्युठानका सेना प्रमुख निरजराज पाण्डे, प्युठानका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञेश्वर पन्थी, अर्घाखाँचीका सप्रजिअ विक्रम थापा लगायतको उपस्थिति रहेको थियो । 
यस भन्दा अघि गुल्मी र दांग जिल्लाका सुरक्षा अधिकारीहरु संग पनि बैठक सम्पन्न भैसकेको प्रमुख जिल्ला अधिकारी लामीछानेले जानकारी दिए । 

अन्य समाचारहरु