डिआरजी सुमन
मैदान, अर्घाखाँची (अर्घाखाँची डटकम्) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ५ मैदान आलमनगर सल्लेरीमा धनन्जय आयुर्वेद चिकित्सालयको आयोजनमा एक दिने वृहत आयुर्वेद स्वास्थ्य सिविर सम्पन्न भएको छ ।
स्वास्थ्य परिक्षणको लागी दिनभर नै घुईचो लागेको थियो । पाणिनी ५ वडा अध्यक्ष जीवलाल घिमिरे देखी पालिका उपादक्ष्य लक्ष्मी गौतम समेत स्वास्थ्य चेकअप गराउन आलमनगर पुगेका थिए ।
पाणिनी गाँउपालिका उपादक्ष्य लक्ष्मी गौतमले उद्धाटन गरेको सिविरमा मैदान देखी अमजा सम्मका नागरिकले स्वास्थ्य परिक्षण गराएका थिए ।
तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम्