अर्घाखाँचीका लोकदोहोरी गायक यमन खनालको नयाँ गीत ‘दोहोरी साँझमा’ सार्वजानिक (भिडियो सहित)
चैत्र १७ गते, २०७५ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका लोकदोहोरी गायकयमन खनालको नयाँ गीत ‘दोहोरी साँझमा’ युट्युव मार्फत सार्वजानिक भएको छ।
अर्घाखाँचीमा जन्मेर गित संगितमा लागि रहेका गायक यमन खनालको हरेक नेपालिको मन र मुखमा झुण्डिने लोकदोहोरि तथा नेपाली मौलिक भाका मनै लोभ्याउने लोक दोहोरी गित “”दोहोरी साँझमा”” बजारमा सर्बत्र उपलब्ध भएको छ।
सुपा देउराली म्युजिक प्रालिको प्रस्तुतिमा लोक गाएक तथा एरेन्जर यमन खनाल र बिमला सानुको सुमधुर आवाजमा यमन खनालको लोकदोहोरी गीत दोहोरी साँझमा ’बजारमा आएको छ। लय ,एरेन्ज र निर्देशक यमन खनालको रहेको छ भने यमलाल आचार्यको शब्द रहेको सो गितमा गीतमा अभिनय भने कृष्ण सापकोटा र रन्जु अधिकारीको रहेको छ ।
मरुभुमि नारायणको छायांकन र रोशन धितालको सम्पादनमा रहेको भिडियो शनिवार बाट यमन खनाल युटुब च्यानल बाट बजारमा आएको छ।