गोपाल प्रसाद भट्टराई
धनचौर, अर्घाखाँची चैत्र–१७ । श्री जन जागृति माध्यमिक विद्यालय भुमिकास्थान–१० धनचौर अर्घाखाँचीको ६० औं बार्षिक उत्सव हिजो एक भव्य समारोका बिच सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सभा सदस्य जाल्पा भुसालले शिक्षाको दिगो विकासका निम्ती शिक्षक,विद्यार्थी र अभिभावक विचको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिनुभएको छ ।“एउटा विद्यालयको एक बर्षे शैक्षिक योजना सफल पार्न विद्यालय प्रशासनको स्पष्ट दिशा निर्देष,शिक्षकको लगाव,विद्यार्थीको अनुशासन र अभिभावकको सुझावको खांचो पर्दछ”उहांले भन्नुभयो,“सफल शैक्षिक नतिजा हात पार्न तपाइंहरुपनि यसै गर्नुस म आग्रह गर्दछु ।”
विद्यालय व्यबस्थापन समिति अध्यक्ष केशव रेग्मीको अध्यक्षता,रेमलाल भट्टराईको स्वागत मन्तव्य र रुद्र भट्टराईको संचालनमा सम्पन्न कार्यक्रममा भुमिकास्थान नगर प्रमुख रेसम थापा,शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मनिराम पराजुली,वडा अध्यक्ष खगिश्वर पन्थी,वडा सदस्य टामलाल भट्टराई,पूर्व विद्यार्थी डा.धर्मराज भट्टराई,कृष्ण जि.सी.,पूर्व शिक्षक प्रेमलाल शर्मा, नेकपाका नेता शुभ बहादुर समाल,नेपाली कांग्रेसका हेमराज भट्टराई,शिक्षक अभिभावक संघका अध्यक्ष धन बहादुर जि.सी. लगायतले मन्तव्य राख्दै शिक्षा नै विकासको मुहान भएकोले समय सापेक्ष शिक्षाको विकासमा सबै एक जुट हुनुपर्ने बताउनु भएको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पिताम्बर खनालले बार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो ।सोही अवसरमा नवनिर्मित विज्ञान प्रयोगशालाको उद्घाटन समेत गरिएको विद्यालयले जनाएको छ ।