मालारानी गाउँपालिका २ का भगुवा वडाध्यक्ष विनोद भन्ने विष्णुप्रसाद भुसाललाई बर्खास्त गर्न माग

भगुवा वडाध्यक्ष विनोदबाट बाँया दोस्रो चुनाव जितेको दिन २०७४ आषाढ २०, मंगलवार
अर्घाखाँचीडट्कम संवाददाता 
 
डाँडाकटेरी, अर्घाखाँची । वेपत्ता भएको सय दिनपछि सम्पर्कमा आएका अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर २ का वडाध्यक्ष विष्णुप्रसाद भुसाल (विनोद) लाई बर्खास्त गर्न माग गरिएको छ ।
सार्वजनिक पद धारण गरेको व्यक्ति महिनौ दिन लुकेर बसेको भन्दै वडाध्यक्ष विष्णुप्रसाद भुसाल (विनोद) लाई बर्खास्त गर्न मालारानी गाउँपालिका वार्ड नम्बर २ का स्थानियबासीहरुले माग गरेका हुन् । वार्ड नम्बर २ का सेवाग्राहीहरुले वडाध्यक्ष विनोदका कारण धेरै दु:ख पाएको र वार्डमा वडाध्यक्षबाट हुने काम रोकिएर बसेको भन्दै भगुवा वडाध्यक्ष विनोदलाई तुरुन्त कारबाही गरी बर्खास्त गर्न सम्बन्धित निकायलाई अनुरोध गरेका छन् । 
भगुवा वडाध्यक्ष विनोदका कारण वार्ड नम्बर २ का सेवाग्राहीहरुले अनावश्यक समय खर्चनुका साथै  आर्थिक, मानसिक लगायतका समस्या भोगेको उनिहरुको भनाई छ । स्थानिय लक्ष्मण भुसालले विनोद आफ्नै मर्जीले लुकेर बसेका हुन् र अहिले फेरी घर फर्केर आएका छन्, महिनौ दिन जनताका काम नगर्नेलाई बर्खास्त मात्र होइेन कानुन बमोजिम कारबाही हुनुपर्ने बताए । 
वडाध्यक्ष विनोदका कारण स्थानियबासी मात्र नभएर प्रहरी प्रशासन, सरकारले खोजी गर्दा समय खर्चनुका साथै सुरक्षाकर्मी परिचालन, ठुलो आर्थिक खर्च गरेको छ, विनोद समाजमा बस्न लायक मान्छे होइेन, उसलाई तुरुन्त प्रकाउ गरी मुद्दा चलाऊनु पर्ने  मालारानीका स्थानियबासी हरि खनालले माग गरे ।
विनोदलाई पुन: वडाध्यक्ष पदमा काम सुचारु गर्न नदिने स्थानियबासीहरुले बताएका छन् । यस बारेमा मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले केही बताएका छैनन् । यस्तै प्रहरी – प्रशासनले के-कस्तो कारबाही गर्ने भन्ने जानकारी गराएको छैन् । उनको खोजीका लागि महिनौ दिनसम्म दर्जनौ सुरक्षाकर्मी परिचालन, सुचना प्रविधी, संचार लगायत सम्पूर्ण गर्दा दशौ लाख बढी खर्च भएको देखिन्छ ।     
उता सामाजिक सञ्जालमा पनि अर्घाखाँचीबासीहरुले विनोदलाई तुरुन्त कारबाही गरी बर्खास्त गर्न, र प्रकाउ गरी कानुनी कारबाही गर्न अनुरोध गरेका छन् ।   
Image result for मालारानी गाउँपालिका २ विष्णुप्रसाद भुसाल arghakhanchi.com
गत चैत्र १५ गते शुक्रवार बिहान भगुवा वडाध्यक्ष विनोदले बुटबलबाट फोन गरेर आफू सकुशल रहेको जनाएका थिए । उनी कहाँ र किन गएका थिए, भन्ने बारेमा अझै जानकारी गराएको छैन ।  उनी भारतमा गएर बसेको हुनसक्ने अनुमान गरिएको छ। तर किन र के-का लागि वा कुन समस्याले भन्ने थाहा हुन सकेको छैन। 
पुस २ गते मालारानी- २ डाडाकटेरीस्थित घरबाट वडा कार्यलयको मोटरसाइकल सर्भिसिङ गर्न भन्दै सन्धिखर्क आएका भुसाल मोटरसाइकल ग्यारेजमै छाडेर सम्पर्कविहीन भएका थिए।गोरुसिंगेसम्म बस चढेर गएको तर गोरुसिंगेबाट कहाँ गए भन्ने बारेमा थाहा हुन सकेको थिएन। 
प्रहरीले उनको खोजी कार्य जारी राखेको थियो। वडाअध्यक्षको मोबाइलको कल डिटेल निकाल्ने, सन्धिखर्कको शान्ती बगैचामा रहेको सीसी कयामेरामा पुस २ गते कैद भएको भिडियो हेर्ने लगायतका सबै कार्य प्रहरीले गरेको थियो।तर उनी कहाँ गए भनेर पत्ता लाग्न सकेको थिएन। 
आफन्तले भनेको आधारमा कपिलवस्तुको बहादुर गञ्जको प्लाइ उद्योग, कृष्ण नगर नाकाको सीसी क्यामेराको फुटेज, बुटबल भैरहवालगायत गोरुसिंगे सन्धिखर्क सडकको जंगलमा समेत सर्च गरिएको तर उनको अवस्था पत्ता लगाउन सकिएको थिएन।
बिनोदले चलाउने गरेको मोटरसाइकल सन्धिखर्क ग्यारेजमा बनाउन दिएर उनी वेपत्ता भएका थिए।उनको मोबाइल समेत बसमा खसालेकाले बसका चालकमार्फत मोबाइल परिवारले मोबाइल पाएका थिए। पुस २ गते पालिका अध्यक्ष बालकृष्ण आचार्य, वडा सदस्य लिलबहादुर पाण्डे र विनोदकी श्रीमति फोन गर्दा उनले फोन उठाएका थिएनन्।  
वडा सचीव गंगाराम चौधरीसँग बिदापछि घरबाट फर्केर सन्धिखर्क आएपछि मंसिर २९ गते फोनमा सामान्य भनाभन भएको र पौष ४ गते पुन: पालिका अध्यक्ष प्रमुख प्रशासकीय अधिकृतको स्वीकृत बिनानै हुलाकमार्फत १३ गतेसम्मको बिदाको निवेदन पठाएर घरतर्फ लागेकाले सचीव चौधरीसँग प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र प्रहरी नायब उपरीक्षक नवराज मल्लले  सोधपुछ गरेका थिए।
घटनामा सचिवको कुनै संलग्नता नदेखिएको अनुसन्धानमा देखिएको थियो। उनी तत्कालिन नेकपा एमालेबाट स्थानीय तहको ५८५ मत ल्याई मालारानी- २ बाट वडाअध्यक्षमा जितेका थिए।  


अन्य समाचारहरु