पाणिनी क्षेत्रमा कक्षा ८ को परिक्षा थपमर्यादित हुदै , आठौ दिनको परिक्षा नियमित रुपमा संचालित

( प्रकासित मिती: २०७५ चैत्र १८, सोमवार)

डिआरजी सुमन
मैदान । पाणिनी गाउँपालका ५ मैदानको आलमनगरमा अवस्थित श्री कृष्ण मावीमा कक्षा ८ को परिक्षा नियमित रुपमा संचालन भई रहेको छ । यस परिक्षा केन्द्रमा जम्मा ८० जना परिक्षार्थी मध्ये छात्रा ४४ र छात्र ३६ जनाले नियमित रुपमा परिक्षा दिई रहेको शिक्षक राम प्रसाद घिमिरेले जानकारी दिईका छन  ।
दैनिक परिक्षाको अवस्था हेर्दा केन्द्रमा परिक्षा निकै अनुशासित रहेको निरक्षक विष्णु प्रसाद खनालको भनाई थियो । जीव नारायण भट्टराई केन्द्राध्यक्ष रहेको यस परिक्षा केन्द्रमा शिक्षक तारापति घिमिरे,गणेश घिमिरे,डासुराम घिमिरे,राम प्रसाद घिमिरेले परिक्षालाई मर्यादित रुपमा संचालन गराएका छन । 
यस वडामा रहेका भानु मावी अमिलेखोला,जनज्योती आधारभूत विद्यालय भर्तापुर र कृष्ण मावी आलमनगरका विद्यार्थी सहभागी रहेका छन । 
चैत्र १० गते देखी सुरु भएको परिक्षामा आज दुई विषय स्वास्थ्य शारिरीक शिक्षा र नागरिक तथा नैतिक शिक्षाको जाँच  सम्पन्न भएको छ भने भोली अन्तिम दिन कम्युटर विषयको जाँच हुने केन्द्राध्याक्ष जीव नारायण भट्टराईले जानकारी गराएका छन । हामी परिक्षालाई मर्यादित वनाउने संस्कार वसाली सकेको कारण परिक्षामा कुनैपनि समस्या आएको छैन भट्टराईले भनाई थियो । 
– तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम

अन्य समाचारहरु