नेत्र प्रसाद मरासिनी
ठाडा, अर्घाखाँची चैत्र १९ । ईलाका प्रहरी कार्यालय ठाडाले अबैध रुपमा निकासी हुन लागेका बाख्रा नियन्त्रणमा लिएको छ ।
अर्घाखाचीको ठाडा देखी कपिलवस्तु तर्फ लैजादै गर्दा ठाडाको अमराई बजारबाट पक्राउ गरीएको ईलाका प्रहरी कार्यलय ठाडाले जनाएको छ । कपिलवस्तुका गुलाम हुसेन मियाले प्रक्रियानै नपुर्याइ बाख्रा निकासी गर्न खोेज्दा पक्रउ गरीएको हो ।
मियाले ६ वटा उत्पादन योग्य माउ बाख्रा र ११ वटा पाठापाडी गरी सोह् वटा अबैधरुपमा निकासी को प्रयास गरेका थिए । नियन्त्रणमा लिएका बाख्रा नगरपालीकासंगकोे समन्वयमा प्रक्रिया पुगेपछि मात्र छाड्ने इलाका प्रहरी कार्यलय ठाडाका सुचना अधिकारी भिमार्जुन अधिकारीले बताए ।