कांग्रेस निकट शिक्षक संघ अर्घाखाँचीको जिल्ला प्रतिनिधि सभा चैत २३ गते शनिबार सन्धिखर्कमा हुने

 File
प्रेमनारायण आचार्य 
सन्धिखर्क, अर्घाखाँची २० चैत । नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ अर्घाखाँचीको जिल्ला प्रतिनिधि सभा चैत २३ गते अर्थात आउने शनिबार हुने भएको छ । 
प्रतिनिधि सभालाइ सम्बोधन गर्न नेपाल शिक्षक संघका सस्थापक केन्द्रीय अध्यक्ष देवेन्द्र प्रसाद उपाध्याय र नेपाल शिक्षक महासघका केन्द्रीय महासचिव लक्ष्मी किसोर सुवेदी सहितको टोली आउने नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादव प्रसाद घिमिरेले बताउनु भयो । 
विपि स्मृति भवन सन्धिखर्कमा शनिवार हुने प्रतिनिधि सभाले शिक्षकका हक हित र व्यवसायीक सुरक्षका विषयमा विभिन्न योजनाहरु निर्माण गर्ने छ । 
कार्यक्रममा शिक्षक संघ संग सम्बद्ध जिल्ला भरका शिक्षकहरुको सहभागीता रहने नेपाल शिक्षक संघका जिल्ला सचिव लालमणी पौडेलले बताउनु भयो । 

अन्य समाचारहरु