श्याम घिमिरे
चुत्राबेसी चैत्र २० अर्घाखाँची – ६२ औं राष्ट्रिय सहकारी दिबसको अबसरमा त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क २ चुत्राबेसीको संयुक्त बैठक तथा शुभकामना आदान प्रदान कार्यक्रम आज सन्धिखर्कमा सम्पन्न भएको छ ।
संयुक्त बैठकले बारा र पर्सामा आएको भिषण हाबाहुरीको कारण दुर्घटनामा परी ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गदर्,े घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
यस्तै संस्थाले पिडित परीबारजनहरुलाई राहत स्वरुप संस्थाको तर्फबाट ११ हजार १ सय ११ रुपैया सहयोग गर्ने निर्णय गरेको संस्थाका सदस्य कमल प्रसाद घिमिरेले जानकारी दिनु भयो ।
कार्यक्रम संस्थाका अध्यक्ष चन्द्र बन्जाडेको अध्यक्षता तुल्सी खनालको स्वागत मनतब्य र उत्तममणी मिश्रको सन्चालनमा सम्पन्न भएको हो ।