श्याम घिमिरे
सन्धिखर्क चैत्र २० अर्घाखाँची – सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाई नगर आयोजना उपभोक्ता मुल संस्थाको बैठक मंगलवार सन्धिखर्कमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठको अध्यक्षता बरीष्ठ उपाध्यक्ष रामबहादुर रायमाझीको स्वागत मनतब्य र सचिब कमल प्रसाद घिमिरेको सन्चालनमा सम्पन्न बैठकले सन्धिखर्क वडानम्वर १ र २ का उपभोक्ताहरुलाई खानेपानी आपुर्तिकोलागी उपभोक्ता समितिको मागलाई सम्बोधन गर्दे बजेटको ब्यबस्था गर्ने प्रतिनिधि सभा सांसद टोपबहादुर रायमाझी,प्रदेश सदस्य द्धय चेतनारायण आचार्य रामजी प्रसाद घिमिरे,सन्धिखर्क नगर प्रमुख कमलप्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिक,खानेपानी डिभिजन कार्यालय प्रमुख,मुहानको सेरोफेरो समस्यालाई समाधान गर्न र गराउन सहजीकरण गर्ने राष्ट्रिय सभासदस्य चन्द्रबहादुर खड्का,मालारानी गाउँपालीका अध्यक्ष बालकृष्ण आचार्य, सन्धिखर्क नगरपालीका वडानम्बर १,२,९,१० र मालारानी ५ का वडाअध्यक्ष तथा मुहानको सेरोफेरोका सम्पुर्ण उपभोक्ताहरुलाई खानेपानी तथा सरसफाई नगर आयोजना उपभोक्ता मूल
संस्थाले धन्यबाद तथा आभार प्रकट गरेको संस्थाका सचिब श्रीकृष्ण भुसालले जानकारी दिनुभयो । बैठकमा संस्थाका उपाध्यक्ष नेत्रप्रसाद भट्टराई,कोषाध्यक्ष कृष्ण अर्याल,सहसचिब बसन्ता पौडेल सदस्य जयन्ती श्रेष्ठ मिना बिसी,लेखा संयोजक टोपलाल खनाल,कर्मचारी मिरा केसी,सत्रुधन भण्डारी लगायतको उपस्थीति रहेको थियो ।