अर्घाखाँचीडट्कम संवाददाता
खिदिम, अर्घाखाँची २० चैत । नेपाल ट्रेड युनियन कांग्रेस पाणिनी गाउँपालिकाको अधिबेशन खिदिममा सम्पन्न भएको छ ।
खिदिमको दुर्गाफाटमा बुधबार सम्पन्न अधिबेशनले हरिप्रसाद घिमिरेकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
जसमा वरिष्ठ उपाध्यक्षमा मनिश अधिकारी, उपाअध्यक्षमा शिवलाल अधिकारी, सचिवमा धुर्ब घिमिरे र रामप्रसाद गौतम, सह-सचिवमा नारायण पोख्रेल र ओम प्रसाद अधिकारी, कोषाध्यक्षमा प्रमोद गौतम, सदस्यहरुमा इश्वरी घिमिरे, राम बहादुर क्षेत्री, बालकृष्ण पोख्रेल, गोपाल पौडेल, रामप्रसाद घिमिरे, बिष्णु खनाल, हेमबहादुर रास्कोटी, पुनाराम भुसाल, हरिलाल पोख्रेल, शशी पौडेल र पिताम्बर घिमिरे चयन भएका छन् ।
ट्रेड युनियन जिल्ला कार्यसमिती अध्यक्ष सुमन्त बस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पाणिनी गाउँपालिका प्रमुख अच्युत गाैतम, शिक्षक संघका अध्यक्ष यादव घिमिरे, पाणिनी काँग्रेसका सभापति विष्णु अर्याल, शिक्षक संघ पाणिनीका अध्यक्ष कृष्ण घिमिरे लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम नेपाल ट्रेड युनियन कांग्रेस पाणिनी गाउँपालिका सचिप गणेशराज पौडेलकाे सञ्चालनमा र वरिष्ठ उपाध्यक्ष अच्युत पन्थीकाे स्वागतमा सम्पन्न भएको थियो ।