बसन्त श्रेष्ठ
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम संवाददाता ) । सन्धिखर्क नगर उप–प्रमुख ठाकुरकुमार बिक किशोरले विकास निर्माणका काममा उपभोक्ताको रेखदेख र खबरदारी अनिवार्य भएको बताउनुभएको छ ।
अनुगमन समितिका संयोजक समेत रहनुभएका बिकले स्टेमेट भन्दा फरक काम भएकालाई पुन मापदण्ड र प्राबिधिक स्टेमेट अनुसार काम गर्न लगाउदै सो कुरा बताउनुभएको हो । सन्धिखर्क नगरपालिका १२ डिभर्ना तथा सन्धिखर्क नगरपालिका ६ नगरपानीमा बिभिन्न योजनाहरुको अनुगमन गर्दै उहाँले गुणस्तर काम नगर्ने उपभोक्ता समिति तथा ठेकेदार भुक्तानी रोकिने बताउनुभयो ।
सन्धिखर्क नगरपालिका शाखा अधिकृत गोबिन्द केसीले नगरपालिकाले अनुगमनबाट सम्पन्न योजनाहरुको भुत्तानी प्रत्रियालाई तिब्रता दिइएको बताउनुभयो । उहाँले काम सम्पन्न नभएका योजनाहरुको अनुगमनको आधारमा भुत्तानी रोकिएको उल्लेख गर्नुभयो ।
अनुगमनमा अनुगमन तथा सुपरीबेक्षण समितिका संयोजक नगर उपप्रमुख ठाकुर कुमार बिक, शाखा अधिकृत गोबिन्द केसी, १२ नम्बर वडाका वडाध्यक्ष नारायण खड्का, ७ नम्बर वडाका वडाध्यक्ष पृतमबहादुर थापा, कार्यपालिका सदस्य हिमकला टमाटा, कार्यपालिका सदस्य रुपा बि.क, वडा सदस्य बाबुराम बस्याल, सब इन्जिनिरयर मेघराज पोख्रेल, पत्रकार महासंघका जिल्ला सदस्य बसन्त श्रेष्ठ लगायत उपभोत्ता तथा उपभोक्ता समितिका पदाधीकारीको उपस्थिती थियो ।