जुकेनामा ग्यालेक्सी ईगंलिश बोर्डिङ स्कुलले आठौ वर्षको परिक्षाफल सार्वजनिक कार्यक्रम सम्पन्न (तस्बिर सहित)

डिआरजी सुमन 
 जुकेना, अर्घाखाँची (अर्घाखाँची डटकम्) । नेपालकै ठुलो नगरपालिका मानिएको सितगंगा नगरपालिका वडा नं ५ जुकेनामा रहेको ग्यालेक्सी ईगंलिश बोर्डिङ स्कुलको आठौ वर्षको परिक्षाफल सार्वजनिक भएको छ ।
एक्काईसौ शताब्दिको आधुनिक शिक्षा प्रणालीलाई मध्यनजर गर्दै अंग्रेज़ी विषयलाई सरकारी स्तरवाट समेत भाषा कक्षा सुरु गरि रहेको अवस्थामा निजी तथा आवासीय विद्यालयले कडा प्रतिस्पर्धा विच पनि ग्रमिण क्षेत्रमा शिक्षाको आधुनिक सैली अपनाउदै शिक्षाको कारण देखाएर सुगम स्थलमा वसाई सराई गर्ने संस्कार परिवर्तन गर्ने उद्देश्य स्वरुप यस प्रकारका विद्यालय संचालनमा ल्याउनु परेको धारणा अडगुरी एजुकेशन एण्ड सउल डेव्लपिंग वोर्डिंग स्कुलका प्रिन्सीपल जीवन गैरेको थियो ।
भौगोलिक विकटताको वावजुत पनि १५३ जना विद्यार्थी अध्यायनरत यस स्कुलमा पढाईको स्तर उत्कृष्ट रहेको वताउदै विद्यालयमा अविभावकले निगरानी राख्नको लागी अनुरोध गर्दै स्कुल प्रशासनमा आएरै गुनासो राखी गल्ति भएमा सुधार गर्ने मौक़ा दिन जरुरी रहेको प्रीन्सीपल वेदराज वेल्वासले वताउनु धारणा राख्नु भएको थियो ।
महिलाको समान हकको विषयमा धारण राख्दै अविभावक कल्पना परिवारले जन प्रतिनिधी र महिला अधिकारको वारेमा टंकारो विषय राख्नु भएको थियो । 
नेश्नल प्यावब्शन जिल्ला कार्य समिती सितगंगा नगरपालिका संयोजक समेत रहेका चाँदनी ईंगलिश वोर्डिंग स्कुलका प्रिन्सीपल प्रशान्त पौडेलले गेलेक्सी वोर्डिंग स्कुल निजी स्तरतर्फको सितगंगाकै एक नमुना विद्यालय रहेको धारण राखेका थिए । व्यावस्थापन समिती अध्यक्ष फर्सुराम पौडेल स्कुलमा त्रिपक्षीय मेलमिलाप राम्रो भएको धारण राखेका थिए । 
कार्यक्रम व्यावस्थापन समिती अध्यक्ष फर्सुराम पौडेलको अध्यक्षता,सुधा मावीका प्रधानाध्यापक भोजराज आचार्यको प्रमुख आथित्यता, शिक्षक मीना पौडेल स्वागत मन्तव्य र सेयर सदस्य वेद प्रसाद पौडेल संचालनमा सम्पन्न भएको थियो । 
शिक्षक नीमानन्द पौडेल,कृष्ण प्रसाद पौडेल,राधा अधिकारी,नेत्र प्रसाद न्यौपाने,तारा पौडेल,सन्जु जीसी,मीना पौडेल,सुजाता भाटको सक्रिय सहभागिता रहेको कार्यक्रममा स्थानीय अविभावक,विद्यार्थी,शिक्षक लगायतको उपस्थित रहेको थियो । नर्सरीका छात्र आयुष पौडेल ९९.४५% प्राप्त गरि स्कुल प्रथम भएका छन भने विभिन्न श्रेणीमा पुरस्कार पाउनेको सख्य अधिकतम नै रहेको थियो । 
– तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम

अन्य समाचारहरु