छत्रदेब गाउँपालिकाको वेबसाइट नियमित अद्यावधिक (भिडियो सहित)
चैत्र २३ गते, २०७५ मा प्रकाशित
(प्रकासित मिती: २०७५ चैत्र २२, शुक्रवार)
बसन्त श्रेष्ठ
छत्रदेब, अर्घाखाँची । सुशासन, जवाफदेहिता र पारदर्शीतालाई प्राथमिकताका साथ स्थानीय सरकारको जिम्मेवारी सम्हालीरहेको छत्रदेब गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनुभएको छ ।
गाउँपालिकाले वेवसाइट नियमित अद्याबधिक गर्दै जनताका गुनासाहरु अनलाइनबाट सम्बोधन गर्ने तथा सामाजिक जवाफदेहिताका औजारको पूर्ण कार्यान्वयन गर्दै आएको बताउनुभयो । उहाँले गाउँपालिकामा नागरिक बडापत्र, सुझाब पेटिका तथा नोटिस बोर्डको स्थापना गरी खुल्ला सरकारको अबधारणालाई आत्मसाथ गरेको बताउनुभयो । उहाँले गाउँपालिकालाई खरका छाना बनाइएको भन्दै कच्ची पोलमुत्त गाउँपालिका बनाउने अभियानलाई समेत तिब्रता दिइएको बताउनुभयो । उहाँले उहाँले गाउँपालिकामा कर्मचारी अभाव भएपनि जनप्रतिनिधी र कर्मचारीको तादाम्यता राम्रो हुँदा कार्य सम्पादनमा समेत प्रभावकारीता दिन सम्भव भएको बताउनुभयो ।
उहाँले गाउपालिका सुख्खाग्रस्त क्षेत्रमा रुपमा राखेर खानेपानीको समस्यालाई निर्मुल पार्न रणनीतिक योजना निर्माण गर्ने तयारीमा रहेको जानकारी गराउनुभयो । भुसालले छत्रदेब गाउँपालिकामा बायुउर्जाको प्रबन्ध मिलाउन सम्भाब्य क्षेत्रको अध्ययन गर्ने योजनामा रहको बताउनुभयो । उहाँले जनतामा उद्यमशीलता बढाउने तयारीमा रहेको पनि जानकारी गराउनुभयो ।
छत्रदेब गाउँपालिका उपाध्यक्ष तुल्सीदेबी श्रेष्ठले दिगो विकास पहिलो प्राथमिकता भएको बताउनुभयो । गाउँपालिकाले योजना अनुगमन र भुक्तानी प्रक्रियालाई तिब्रता दिइएको उहाँको भनाई थियो । नेपाल मिडिया नेटवर्कसँगको कुराकानीमा अनुगनमा कडाई गरी योजनामा काय सम्पन्न नभएका योजनालाई भुत्तानी रोकिएको उल्लेख गर्नुभयो । उहाँले किसानलाई प्रबिधिमैत्री बनाउन आधुनिक मेसिन हस्तान्तरण गरिएको उल्लेख गर्नुभयो ।